बागलुङ कांग्रेस सभापतिमा शेरचन बिजयी


–आदर्श अनलाइन, बागलुङ
नेपाली कांग्रेस बागलुङको सभापतिमा जीत बहादुर शेरचन विजयी हुनुभएको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत आइतबार मतदान भएको थियो । मंगलबार बिहान सार्वजनिक मत परिणाम अन्र्तगत जीत शेरचनले८७३ मत ल्याएर विजयी हुनुभएको छ । उहाँको प्रतिद्वन्द्वी जगदिशचन्द्र उपाध्याले ७६८ मत ल्याउनुभएको प्रमुख निर्वाचन अधिकृत विष्णु प्रसाद शर्माले जानकारी दिनुभयो थियो ।

शनिबार भएको मतदानमा तीन जना उम्मेदबार मध्ये कसैलेपनि ५१ प्रतिशत मत नल्याएपछि अर्का प्रत्यासी द्वर्ण कँवर निर्वाचनबाट बाहिरीनुभएको थियो । त्यपछि शेरचन र उपाध्याबीच पुन निर्वाचन भएको थियो ।

जिल्ला उपसभापतिमा सागर छन्तयाल र तारानाथ पौडेल बिजयी हुनुभएको छ । छन्त्यालले ७८७ र पौडेलले ७४७ मत प्राप्त गर्नुभएको थियो । यस्तै सचिवमा हरिहर शर्मा र गण्डकी थापा अधिकारी निर्वाचित हुनुभएको छ । शर्माले ९०८ र अधिकारीले ७०७ मत प्राप्त गर्नुभएको थियो ।

यस्तै सह सचिवमा फम बहादुर खत्री र ज्ञान कुमारी शर्मा श्रीस विजयी हुनुभएको छ । खत्रीले ८५५ र ८८० मत प्राप्त गरेर बिजयी हुनुभएको निर्वाचन अधिकृत शर्माले बताउनुभयो । सभापतीका उपाध्यय बरिष्ठ नेता रामचन्द्र पौडेल र शेरचन संस्थापन पक्षबाट चुनावमा होमिएका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *