आइसीए एपी क्षेत्रीय बोर्ड सदस्यमा नेपालका कँडेल विजयी

आदर्श अनलाइन, बागलुङ
नेपालको सहकारी अभियानको शिर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेल अन्तर्राष्ट्रिय सहकारी महासंघ एसिया प्रसान्त क्षेत्र (आइसीए एपी) को क्षेत्रीय बोर्ड सदस्यमा निर्वाचित हुनुभएको छ ।

आइसीए एपीको मंसिर १४ गते सम्पन्न निर्वाचनबाट कँडेल क्षेत्रीय बोर्ड सदस्य निर्वाचित हुनुभएको हो । उहाँले पाँचौं सर्वाधिक मत प्राप्त गर्नुभयो ।

त्यसैगरी भारतका चन्द्रपाल सिंह यादव आइसीए एपीको अध्यक्षमा निर्वाचित हुनुभएको छ । चिनका जेनहोङ र मलेसियाका डाटो डा. अब्दुल फताह अबदुल्लाह उपाध्यक्षमा निर्वाचित हुनुभयो ।

यस अघि आइसीए एपीमा केशव बडाल संचालक समितिमा रहनु भएको थियो । मिनराज कँडेल एसियाली ऋण महासंघको प्रथम र द्वितिय उपाध्यक्ष भइसक्नु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *