सन्दर्भ ३४ औं विश्व एड्स दिवस : सबै गर्भवतीको एचाईभी परिक्षण

आदर्श अनलाइन, बागलुङ
आज विश्व एड्स दिवस । सन् २९८१ मा विश्वमा पहिलो पटक एच.आई.भी देखिएको थियो ।

हालसम्म विश्वका ७ करोड ९३ लाख व्यक्तिलाई एड्सको संक्रमण भएको छ । ३ करोड ६३ लाख मानिसको यसबाट मृत्यु भएको छ । एड्स लागेपछि पूर्ण रुपमा निको नहुने भएपनि समयमै सहि उपचार गरियो भने रोग लागेपनि लामो समय बाच्न भने सकिन्छ ।

तर यो रोग लागेका व्यक्तिहरुले रोग लुकाउँदा समयमै सहि उपचार नपाउने र रेखदेख नहुँदा मृत्युदर बढ्दै गएको छ । पछिल्लो समय यो रोगको रोकथामको लागि हरेक गर्भवती महिलाको अनिवार्य रुपम एच.आई.भी परिक्षण गरिन्छ । बच्चामा एचआईभी संक्रमण नहोस भनेर गर्भवती महिलाको अनिवार्य परिक्षण गर्ने गरिएको स्वास्थ्य कार्यलय बागलुङका जनस्वास्थ्य निरिक्षक देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

आर्थिक वर्ष ०७७÷७८ मा ३ सय ४२ जना गर्भवती महिलाको एचआईभी परिक्षण गरे मध्यमा १ जनामा एचआइमी पोजेटिभ देखिएको घमिरेले बताउनुभयो । उहाँले एचआइभी परिक्षण मात्र नभएर ७ सय २३ जनालाई एचआईभी सम्बन्धी परामर्श समेत गरेको बताउनुभयो ।

बागलुङमा एचाईभी एड्स संक्रमीतको संख्या १ सय ७० जना रहेको राष्ट्रिय एचआईभी महासंघ बागलुङका प्रतिनिधि सृजना थापाले जानकारी दिनुभयो । उहाँले बागलुङका घर घरमा पुगेर एचआईभी शिक्षा अभियानलाई अगाडी बढाएको बताउनु भयो ।

बागलुङमा १ सय ८ जना दुव्र्यशनमा रहेका युवाहरुलाई परामर्शा र सुई बितारण कार्यक्रम गरी एचआईभी नियन्त्रणको लागि अभियान चलाएको कम्युनिटि सपोर्ट गु्रप बागलुङका प्रमुख प्रदिप जिसीले जानकारी दिनुभयो । बागलुङमा दुव्र्यशनमा परेका युवाहरु धेरै रहे पनि अहिले गु्रपको सम्पर्कमा कम युवाहरु रहेका भन्दै अन्य युवाहरुलाई पनि यस अभियानमा अगाडी बढाउने बताउनुभयो ।

विश्व एड्स दिवसको पुर्व सन्ध्यामा स्वास्थ्य कार्यालय बागलुङले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर जिल्लामा एड्सको अवस्था बारे जानकारी गराएको थियो । कार्यक्रममा जिल्ला समन्वय अधिकारी कृष्णराज अधिकारी, बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले कार्यक्रममा मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा स्वास्थ्य कार्यलय बागलुङका प्रमुख सुरज गुरैको अध्यक्षयता, स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरिक्षक देवप्रकाश घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *