४ जनालाई धारिलो हतियार प्रहार गरी भाग्ने २ युवक पक्राउ

आदर्श अनलाइन, बागलुङ
कास्की प्रहरीले  ज्यान मार्ने उद्योगका फरार दुई प्रतिवादीलाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका १७ स्थित महतगौंडामा गत कार्तिक २० गते भएको झैँ-झगडामा धारिलो हतियार प्रहार गरी चार जनालाई घाइते बनाएर फरार भएका दुई युवक पक्राउ परेको कास्की प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा पोखरा -२० भलाम घर भई पोखरा -१७ छोरेपाटन बस्ने १९ वर्षीय गोरे भनिने सुरज गुरुङ र पोखरा -१७ हनुमान टोल बस्ने २५ वर्षीय छावा भनिने सुशील कार्की रहेको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुन्दर तिवारीले जानकारी दिनुभयो ।

गुरुङलाई कार्तिक २९ गते पक्राउ गरी अनुसन्धान गरेको प्रहरीले रुपन्देही प्रहरीको सहयोगमा कार्कीलाई मंसिर १३ गते सोमबार बुटवलबाट पक्राउ गरेको हो । उनीहरूमाथि ज्यान मार्ने उद्योगमा जिल्ला अदालत कास्कीबाट तीन दिन म्याद थपको अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *