बागलुङमा एकै विद्यालयका २५ जनामा कोरोना संक्रमण : विद्यालय बन्द


आदर्श अनलाइन, बागलुङ

विदेशमा कोरोनाको तेस्रो भेरियन्टको त्रास बढिरहेको सन्दर्भमा बागलुङका कोरोना संक्रमण दर पुन उकालो लाग्न थालेको छ । बिहीबार मात्रै बागलुङमा एकै विद्यालयका २५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । त्यस्तै समुदायस्तरमा बिहीबारनै तीन जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

बागलुङ नगरपालिकाको बलेवा स्थित एक विद्यालयमा कोरोनाको लक्षणपछि ८२ जनाको परिक्षण गर्दा एक साथ २५ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय बगालुङका जनस्वास्थ्य निरिक्षक देव प्रकाश घिमिरेले जानकारी दिनुभयो ।

उक्त विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार अर्को सूचना जारी नभए सम्मका लागि बन्द गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार विद्यालयमा पुन शुक्रबार थप विद्यार्थीको कोरोना परिक्षण पछि मात्रै विद्यालयको नाम खुलाइने छ ।

घिमिरेका अनुसार विद्यालय भएको समुदायको ३ जनामा समेत कोरोना पुष्टी भएकाले धेरै मात्रमा समुदायमा कोरोना संक्रमित रहेको स्वास्थ्य कार्यालयको अनुमान छ । त्यस क्षेत्रमा स्वास्थ्य कार्यालयको टोली शुक्रबार जाने र अवस्था बुझेपछि जिल्ला स्तरीय कोरोना संकट व्यवस्थापन समितले निर्णय गर्ने जनस्वास्थ्य निरिक्षक घिमिरेले बताउनुभयो ।

कोरोना पुन बढेसंगै स्वास्थ्य सचेतना अपनाउन कार्यालयले अनुरोध गरेको छ । बागलुङमा बुधबार सम्म जम्मा १३ जना संक्रिय संक्रमित रहेकोमा बिहीबार मात्रै संक्रिय संक्रमितको संख्या ४१ पुगेको छ । अहिले धौलागिरी अस्पताल बगालुङको आइसोलेसनमा २ संक्रमितको उपचार भइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *