जीवन शाक्य
केही हप्ता अगाडी तिहारमा पारिवारिक भेटघाटका साथै परिवारसंग बस्ने रमाउने सोँचले काठमाण्डौ गएर केही दिन बसियोे । फर्किने क्रममा पोखराबाट बागलुङ आउने ट्याक्सी चढ्ने एक जना कुश्मा कुर्घा निवासी युवा व्यक्तित्वसंग भेट भयो । धेरै बेरसम्म उहाँले नजिकै र संगै रहेको चालक भाईसँग कुराकानी गरिरहेको सुनि रहे । कुराकानीमा अमेरिकाले नेपालमा एमसीसी लाद्न चाहेको, चीनले नेपालमा यो पारित नहोस भनेर निकै चलखेल लगायत त्यो भन्दा बढी रकम दिएर नेपाललाइ सहयोग गर्न खोजेको लगायतका कुराहरु थिए । कुराकानीकै क्रममा आफुले भारतमा बसेर धेरै समय संस्कृत विषय अध्ययनका साथै बुद्ध शिक्षा बारे स्नातकोत्तरसम्मको अध्ययन गरेको, ध्यान सिक्न तिब्बत गएको, हाल एउटा धार्मीक संस्था खोलेर दार्शनिक प्रवचनहरु दिने कार्य गरिरहेको मेरो प्रश्नको जवाफमा बताउनु भएको थियो । कुराकानीको क्रममा उहाँको घर, बसोबास तिब्बति लामाहरुको महायान बौद्ध शिक्षा बारे केही कुराकानी भयो ।
स्पष्ट र सरल वक्ता उहाँको कुराकानी साथै बुद्ध शिक्षा सम्बन्धी उहाँको उच्च तहको अध्ययन र ध्यानको कुराले जान्ने बुझने सोँच उत्सुकता स्वभाविकै रुपमा उठेकोले केही कुराकानी भएको थियो । समय फुसर्द मिलाएर बागलुडमा आर्ई बुद्ध शिक्षा सम्बन्धी केहि देशना गरिदिनु हुन अनुरोध पनि गरिएको थियो ।
लुम्लेको ढावा नजिकको एउटा मगर्नी बहिनीले खोलेको होटलमा चिया खाजा खाएर पुनः टयाकसीमा बस्ने क्रममा कुराकानी भएको थियो । उहाँले त्यहाँ चिया खाजा पनि खानु भएन । हामी करिब सवा ३ बजे र उहाँ साढे ३ बजे पोखराबाट ट्याक्सी चढ्नु भएको थियो । सायद उहाँले खाजा खाइसक्नु भएर पनि होला खाजा चिया नखानु भएको । उहाँ करिब ३२÷३५ वर्षको युवक हुनुहुन्थ्यो । तनाबरहित प्रशन्न मुद्रामा देखिनु भएको थिए । उहाँको बौद्धिक कुराकानी चालकसँग भएको थियो । चालक पनि भरखरको थियो । एकै ठाउँ भएको हुँदा परिचित युवक नै रहेछ । काठमाण्डौँबाट आउने माइक्रो बस बिग्रिएर नचल्ने भएपछि बीच बाटोमा और्लियौँ । तनहुबाट पोखरा चल्ने मिनीबसबाट पृथ्वी चोक नजिक पुरानो बसपार्कमा ओर्लिएर जिरो किमीसम्म लैजान अनुरोध गर्दा उहाँले आफु बागलुङ जाने मान्छे खोजिरहेको भनेपछि उहाँको ट्याक्सीमा सिधै बागलुङ आउन हामीलाई धेरै सजिलो भएको थियो ।
खाजा चियापछि ट्याक्सीमा उहाँलाइ परेको एकदम अनौठो दुर्लभ घटनाको विवरण, तिब्बतमा ध्यान सिकेको र बौद्ध शिक्षाको अध्ययन आदिको कुराकानी सुनिसकेपछि, म र मेरो मिसेजको परिचय दिएर उहाँ संग कुराकानी अघि बढायौँ । उहाँको नाम दिपेन्द्र पौडेल रहेछ । उहाँको बुबा मुमा कुर्घामा हुनु भएकोले उहाँ बेलाबेलामा घर आईराख्ने गर्नुहुने रहेछ ।
उहाँलाई आइपरेको अनौठो दुर्लभ घटना
एक पटक, केही वर्ष अघि भारतबाट फर्किने क्रममा उहाँ बुटवलबाट बस चढेर पाल्पा हुँदै कुश्मा आउने क्रममा भएको घटना रहेछ । जब बस बुटवलबाट केही किलोमिटर पर बाटोदेखि माथि सिद्धबाबा मन्दिर भएको भिर नजिकै आईपुग्नु भयो । उहाँ सुत्नु भएको रहेछ । निद्रामा एक्कासी भित्रैबाट “बसबाट बाहिर निस्की” भन्ने आवाज उहाँले सुन्नु भएछ । एक पटक भनेको आवाजलाई उहाँले वास्ता गर्नु भएन, किन निस्किने भन्ने भएर बस्नु भएछ । त्यसपछि पुनः निद्रामा पर्दा फेरी घरिघरि ४ पटकसम्म बसबाट बाहिर निस्किनु भित्रबाट आवाज आएपछि उहाँ झोला सहित निस्किनु भएछ । निस्केको केहि मिनेटमा बस भिरबाट तल खसेछ, त्यहाँ रहेका चालक सहित १५ जनाको मृत्यु भएको रहेछ ।
उहाँले तिब्बतमा महायान बौद्ध धर्म चलेको, उनीहरुले मासु पनि खाने गरेको, चीनले तिब्बतको विकासमा धेरै ध्यान दिएको बारेमा पनि बताउनुभयो । ध्यानको निकै गहिरो कुराकानी उहाँले गर्नु भएको थियो । परिचयकै क्रममा मैले पनि सत्य नारायण गोयन्का गुरुले लेखेको आत्म दर्शन किताब पढ्ने अवसर पाएको, र पढेर त्यसलाई नेपालमा करिब एक महिना समय लगाएर उल्था गरि ध्यानको अभ्यास गर्ने गरेको कुरा राखेको थिए । ध्यान मान्छे भएर जन्मे लिएपछि सबभन्दा जान्नुपर्ने यज्ञ, जप तप, पुजा आजा प्रार्थना भन्दा ठुलो कुरो हो । यो संग परिचित भएपछि मात्रै मान्छेको वास्तविक शान्ति स्वास्थ्य केहो ? परिचित हुन सकिन्छ । मान्छेहरु यो बारे परिचित नभएसम्म मान्छे भन्न लायक नहुने नकारात्मक धेरै कुराहरुले पोषित, ग्रसित हुने कुराकानी भएको थियो । शुरु शुरुमा त्यति सजिलो नभएको ध्यान मुद्रामा बस्न पनि कठिन हुने, मनले परिवार समाज र विद्यालयबाट सिकेका नकारात्मक कुराहरु, शंका उपशंका ध्यान वस्दा उठने कुराकानीहरु पनि उहाँले गर्नु भएको थियो, यसको लागि स्वीकारका साथ आखाँ चिम्म नगरि शुरुशुरुमा आधा आखाँ खोली बिना प्रतिक्रिया यसलाई पनि स्वीकार र श्रद्धाभाव दिएर हेरिराख्ने अध्ययन गर्ने गर्नु पर्ने कुरा राख्नु भएको थियो ।
संयोगको यो घटनाले केही शिक्षित मान्छेहरु बुद्ध धर्मसंग बढी आकर्षित भएको अनुभुति भयो । तर धेरै बुढापाका प्रौढ मान्छेहरु बौद्ध शिक्षा केही सुन्ने ग्रहण गरेको देखिए पनि यस प्रति उदासिन भई बरु पहिलेदेखि चलिआएको गर्दै आएको संस्कार पुजा आजा, एकादशी, सोमबार र धेरै कर्मकाण्ड, यज्ञमा भुलेका छन्, जसले मान्छेका तनाव केही कम भएको महशुस त गरे होलान् शान्ति स्वास्थ्यको अनुभव गरेका छैनन् जस्तो लाग्छ । धेरै पैसा सुविधा, गाडी यात्राको साधन, जुटाउने खानपान, बासनामानै रमाउने कार्यमा आँखा चिम्लेर लागेका बढी छन । जसको लागि बढी संवेदनहीन, झुठो बोल्नु पर्ने, साथीसंगी छर छिमेकी र सम्पर्कमा आउने मान्छेहरुसंग सम्बन्धमा चिसो ल्याउने, भ्रष्टाचार व्यभिचार गर्र्ने घात गर्न पछि नपर्ने कार्यहरु समाजमा बढी भइरहेको देखिन्छ । जसले गर्दा समाजमा, पार्टी नेता कार्यकताहरुमा मानवता, शान्ति, प्रेम, विश्वास, स्वतन्त्रता, सहयोग सेवा मूल्यहीन भएको करिब हराएको हो की भन्ने लाग्छ ।
एकातिर प्रेम रावट अर्थात बाल योगेश्वर भारतमा धेरै दशकदेखि मान्छेको लागि अति जरुरत शान्ति विश्रामको लागि धेरै ठाउँमा धर्म देशना कार्यक्रम संचालन गर्दै आउनु टिभीमा देखिन्छ । शान्तिको लागि आफै र आफनै श्वास र मुटुको ढुकढुकी शान्त स्वस्थ बनाउने पुरुषार्थ गर्नु पर्ने र यसको अनुभुति गनै पर्ने, गर्न सकिने भन्र्दै आउनु भएको छ । सयुक्त राष्टसंघबाट शान्ति मानवताको लागि पुरस्कृत पनि भई सक्नु भएको छ । तर यसको लागि बाहिरको चिजहरु, भौतिक निर्जिव वस्तुहरु संगाल्न मरिमेटेर लागेर कहिल्यै पाउन नसकिने बरु बाहिरको सबै चिजमा मोह लोभ, अहकार त्यागेर, अर्थात आफनै श्वास ढुकढुकीको गति आवाज, कम्पनलाई वढी स्वीकार र श्रदा पुर्वक ध्यान दिए शान्तिको अनुभव हुने, जिन्दगी सफल सार्थक वनाउन सकिने, खुसी आनन्द पाउन सकिने कुरो गर्दै आइराख्नु भएको छ बुद्धले जस्तै सरल भाषामा । प्रेम रावट बारे उँहाको प्रवचन अन्जन टिभीमा सुन्न सकिने कुरो केही वर्ष अघि मेरो नजिकको दाई भरत शान्य हाल उहाँ काठमाण्डौ बसोबास गर्नुहुन्छ । उहाँलाई, बौद्ध भन्थे गुरुहरु, सन्तहरु सबैलाई धेरै नमन, साधुवाद हृदयदेखि । म पनि यसैको विद्यार्थी भएको छु ।
भवतु सब्व मंगलम !