यस्तो छ नेपालको वास्तविक नक्सा, संयुक्त राष्ट्रसंघ सम्म पुर्‍याइने

आदर्श अनलाइन, काठमाण्डौं

नागरिक अगुवाले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक गरेको छ।

सीमा बचाउन अभियानले पत्रकार सम्मेलनको आयोजना गरेर नेपालको नक्सा सार्वजनिक गरेको हो।

अग्रज पत्रकार भैरव रिसालको संयोजकत्व बनेको समितिले त्यो नक्सा सार्वजनिक गरेको हो। यो उससमितिमा डा। द्वारिकानाथ ढुंगेल र प्रा। डा। नरेन्द्रराज खनालसहित भूगोलविद सहभागी छन्। समितिले लिम्पियाधुरालाई काली नदीमा उद्गमस्थल मानेर नक्सा बाहिर ल्याएको हो।

लिम्पियाधुरालाई पश्चिमी नेपालको सीमा मानेर नक्सा तयार पारिएको खनालले बताउनुभयो। उहाँका अनुसार सुगौली सन्धिको ताकाको नक्सा र २०१८ सालको जनगणनाको आधारमा बनाइएको छ। उहाँले सन १९११ को गडुवालको गजेटलाई नक्सा बनाउँदा आधार बनाइएको बताउनुभयो। ‘पश्चिममा सक्कली काली र उत्तरमा पानी ढलो अर्थात् पहाडको लेकै लेक लगेर नक्सा जोडियौँ’, उहाँले भन्नुभयो। सक्कली काली नदी पश्चिम कालापनी रहेको पाइएको उहाँले बताउनुभयो।

सीमा बचाऊ अभियानका संयोजक भैरव रिसालले भारतद्वारा नेपाली भूभागमा गोलमाल भएको कारण नयाँ नक्सा सार्वजनिक गर्नुपरेको बताउनुभयो।

पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले भारतले निकालेको नक्सालाई काउन्टर गर्न नक्सा सार्वजनिक गरिएको बताउनुभयो। पूर्वसचिव तथा अभियानकर्ता डा। द्वारिकानाथ ढुंगेलले तयार पारिएको नक्सा नेपाल सरकार हुँदै संयुक्त राष्ट्रसंघ सम्म पुर्‍याउने पर्ने बताउनुभयो।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *