बागलुङमा बढ्यो धान उत्पादन

डम्मर बुढा मगर, बागलुङ
केही महिना अगाडी बाढीले नेपालको तराईसँगै पहाडी क्षेत्रमा भित्राउन थालेको धान बाली नष्ट ग¥यो । यसले मुलुकमै धान उत्पादन वृद्धिमा ठूलो नोक्सानी पु¥यायो । हावा हुरी सँगै आएको वर्षाले धान बालीमा क्षती पु¥याए पनि पहाडका केही जिल्लाहरुमा भने यस वर्ष धान उत्पादनमा वृद्धि भएको पाइएको छ । यस वर्ष बागलुङमा झिनो प्रतिशतमा भए पनि धान उत्पादनमा वृद्धि भएको छ ।

हालसम्म जिल्लाका ८० प्रतिशत कृषकले धान भित्राई सकेको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिनुभयो । भट्टराईका अनुसार यस वर्ष बालुङमा ७ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको बताउनुभयो । गत वर्षको तुलनामा यस वर्ष धान उत्पादन गर्ने क्षेत्रफल पनि केही बढेको छ ।

गत वर्ष ५ हजार ८०० हेक्टर क्षेत्रफलमा धान लगाइएकोमा यस वर्ष समयमै वर्षा परेको हुँदा बाँझो रहेका खेतहरुमा पनि धान रोपाइँ भएको उहाँको भनाई छ । यस वर्ष ५ हजार ८५० बढी क्षेत्र फलमा रोपाइँ भएको प्रमुख भट्टराईले जानकारी दिनुभयो । गत वर्ष १८ हजार ६९० मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष १९ हजार ९९५ मेट्रिक टन उत्पादन भएको उहाँको भनाई छ ।

‘गत वर्ष अहिलेको भन्दा कम क्षेत्रफलमा धान लगाइएको थियो र उत्पादन पनि अहिलेको भन्दा कम भएको थियो, यस वर्ष गत वर्षको भन्दा थोरै क्षेत्रफल बढीमा रोपाइँ भएको थियो भने उत्पादनमा सात प्रतिशतले बढेको छ,’ प्रमुख भट्टराईले भन्नुभयो ‘यस वर्ष समयमै वर्षा भयो, कोरोनाले गर्दा धेरै नागरिकहरु गाउँमै हुनुहुन्थ्यो, गाउँमै भएको हुँदा बाँझो खेतमा पनि धान रोपाइँ गर्नुभयो, त्यसले गर्दा गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ ।’

जिल्लाको सबैभन्दा बढी जैमिनी नगरपालिका र सबैभन्दा कम तमानखोला गाउँपालिकामा धान उत्पादन भएको प्रमुख भट्टराईले जानकारी दिनुभयो । जिल्लाको कुन पालिकामा कति धान उत्पादन भयो भन्ने तथ्याङ्क अझै २० प्रतिशत कृषकले धान भित्राइ नसकेको हुँदा एकिन नभएको उहाँको भनाई छ । धान भित्राउने समयमा हावा सहितको वर्ष नभएको भए यो वर्ष उत्पादनमा अझै वृद्धि हुने उहाँको भनाई छ ।

‘यस वर्ष सबैभन्दा बढी जैमिनी नगरपालिका र सबैभन्दा कम तमानखोला गाउँपालिकामा धान उत्पादन भएको छ, तमानखोलामा धान उत्पादन हुने क्षेत्रफल निकै कम छ र जैमिनीमा बढी छ, त्यसले गर्दा जैमिनीमा धान उत्पादन बढी देखिएको हो,’ उहाँले भन्नुभयो ‘बागलुङ नगरपालिकामा पनि राम्रो उत्पादन भएको छ भने ताराखोलामा पनि धान उत्पादन कम देखिएको छ ।’

अझ पनि बागलुङका कृषकहरुले परम्परागत खेतिपातीलाई अंगाल्ने गरेको र बिउभिजन पनि स्थानीय जात कै प्रयोग गर्ने हुँदा कम उत्पादन हुने भट्टराईको तर्क छ । उहाँले कृषकहरुले उन्नतजातका बिउहरुको प्रयोग कम गर्न र स्थानीय जातकै बढी लगाउने हुँदा उत्पादनमा उल्लेख्य वृद्धि हुन नसकेको बताउनुभयो ।

कृषकहरुले कृषिलाई आधुनिकीकरण गर्न सके अहिलेको भन्दा बढी धान उत्पादन गर्न सक्ने भन्दै उनीहरुलाई त्यो किसिमको ज्ञान दिनका लागि आफूहरु लागि रहेको बताउनुभयो । कृषि ज्ञान केन्द्रले कृषकका लागि आवश्यक तालिम र परार्श दिराखेको भन्दै नयाँ–नयाँ प्रबिधि र बिउको प्रयोग गर्नका लागि आफूहरुले सहजिकरण गरि रहेको बताउनुभयो ।

‘अझैसम्म बागलुङका कृषिकहरुले आधुनिक प्रबिधि र उन्नतजातका बिउहरुको प्रयोग गरेको अवस्था छैन, उनीहरुलाई कृषिमा आधुनिकीकरण गर्नका लागि र नयाँ–नयाँ प्रकारका बिउहरुको प्रयोग गर्न सिकाउने र परामर्श दिने काम गरेका छौँ,’ उहाँले भन्नुभयो ‘यहाँका कृषकलेकृषिमा नयाँ प्रबिधिको प्रयोग गर्ने हो भने धेरै खाद्याबाली उत्पादन हुनेछ ।’

बागलुङमा सबैभन्दा बढी मकै बाली उत्पादन हुने गरेको छ । जिल्ला भयो यो बाली २० हजार हेक्टर क्षेत्रफल बढीमा उत्पादन हुन्छ । कोदो १८ हजार हेक्टर र गहुँ ७ बढी हजार हेक्टर बढी क्षेत्रफलमा उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *