बागलुङका श्रेष्ठ गण्डकी कांग्रेसकाे उपसभापतिमा भिड्दै

आदर्श अनलाइन, बागलुङ
नेपाली काँग्रेस बागलुङका पूर्व सभापति हरिप्रसाद श्रेष्ठले गण्डकी प्रदेशको उपसभापतिमा उम्मेदवारी दिनु भएकाे । संस्थापन इतर समुहबाट सभापतिका उम्मेदवार शुक्रराज शर्माको प्यानलबाट श्रेष्ठले आफ्नाे उम्मेदवारी दिनु भएकाे हाे । द्धन्दकालमा काँग्रेस बागलुङको संगठनलाई धानेका श्रेष्ठ त्यागी र ईमान्दार नेताको रुपमा चिनिनुहुन्छ ।

श्रेष्ठ २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा बागलुङ क्षेत्र नं १ मा उम्मेदवार हुनु भएकाे थियाे । दुई जना उपसभापतिमा यसै समुहबाट स्याङ्जाकी कल्पना तिवारीले पनि उपसभापतिमा उम्मेदवारी दिनु भएकाे छ । उपसभापतिमा संस्थापन पक्षबाट स्याङ्जाका मेषलाल श्रेष्ठ र म्याग्दीका नेत्र महतले उम्मेदवारी परेको छ। श्रेष्ठ र महत संस्थापन पक्षका सभापतिका उम्मेदवार अर्जुन प्रसाद जोशीकाे प्यानलमा रहनु भएकाे छ ।

प्रदेश समितिको महामन्त्रीमा  संस्थापन ईतर बाट नवलपुरका विष्णु लामिछाने र गोरखाका किरणबाबु श्रेष्ठले उम्मेदवारी दिनु भएकाे छ । भने संस्थापन पक्षबाट कास्कीका कुमार खड्का र गोरखाका ईश्वर पाण्डेले उम्मेदवारी दर्ता गराउनु भएकाे छ । सहमहामन्त्रीमा संस्थापनईतरबाट पर्वतका रामचन्द्र जोशी, लमजुङका रमेश पाण्डे र कास्कीकी कोपिला रानाभाटले उम्मेदवारी दर्ता गराउनु भएकाे छ ।

संस्थापन पक्षबाट गोरखाका राजनराज पन्त तनहुँका झुलबहादुर आले र  महिला सहमहामन्त्रीमा नवलपुरकी ओमकला गौतमले उम्मेदवारी दर्ता गराउनु भएकाे छ ।  सहमहामन्त्रीमा नै युवराज बस्ताकोटी स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराउनु भएकाे छ। 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *