एमाले बागलुङको कार्यवाहक अध्यक्षको जिम्मेवारी पाठकलाई

आदर्श अनलाइन, बागलुङ
नेकपा एमाले बागलुङ जिल्लाको कार्यवाहक अध्यक्षको जिम्मेवारी कृष्ण पाठकले प्राप्त गर्नुभएको छ ।

जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटा एमालेको १० औँ महाधिवेशन बाट केन्द्रीय सदस्यमा चयन भएपछि जिल्ल उपाध्यक्ष पाठकलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो ।

एमालेको १० औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा चयन भएका बागलुङका नेताहरुलाई बधाई तथा शुभकामना प्रदान गर्न आयोजना गरिएको कार्यक्रममा जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले पाठकलाई माइनट हस्तान्तरण गरि जिम्मेवारी प्रदान गर्नुभएको थियो ।

जिम्मेवारी हस्तान्तरण गर्दै जिल्ला अध्यक्ष तथा नेकपा एमाले केन्द्रीय सदस्य इन्द्रलाल सापकोटाले पाठकलाई समग्र बागलुङका एमालेको जिम्मेवारी पाएकोमा बधाई दिदै आगमी दिनमा जिल्लामा एमालेको बिरासत कायम राख्नका लागि महत्वपुर्ण भुमिका निर्वाह गर्न आग्रह गर्र्दै शुभकामना व्यक्त गर्नुभयो । एमालेको १० औँ महाधिवेशन नेपालको कम्युनिष्ट आन्दोलनको अविस्मरणीय महाधिवेशन भएको बताउनु भयो । उहाँले अहिले देशनै एमालेमय भएको भन्दै आउदो ३ तहकै निवार्चनबाट एमालेले बहुमत लिएर सरकार बनाउने बताउनु भयो ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य मनकुमारी केसीले १० औँ महाधिवेशनमा बागलुङको महत्वपुर्ण उपस्थिती रहेको भन्दै आगामी दिनमा पनि बागलुङले राष्ट्रिय राजनितीमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनु भयो । पार्टीमा रहेर विभिन्न भुमिका निवाह गर्दै बागलुङले आफुलाई केन्द्र सम्म पुराउन खेलेको भुमिकालाई सधै आत्मसाथ गर्दै समग्र बागलुङको कम्युनिष्ट राजनीतिलाई अग्रपंतीमा ल्याउनका लागि महत्वपुर्ण भूमिका निर्वाह गर्ने बताउनु भयो ।

कार्यक्रममा केन्द्रीय सदस्य गोविन्द बहादुर नेपाली, सावित्री राना, प्रदेश सचिवालय सदस्य जनकराज पौडेल, हिरा केसीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा नेकपा एमाले बागलुङका कार्यवाहक अध्यक्ष कृष्ण पाठकको अध्यक्षता, जिल्ला सचिवालय सदस्य गणेश थापाको स्वागत र सचिव विष्णु भुषालको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *