दोहोरी प्रतिष्ठानमा बिजीले बाजी मारे, खत्री ३९ मतले पराजित

आदर्श अनलाइन, पोखरा

लोक दोहोरी कलाकारहरुको छाता संस्था राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालको सातौ महाधिवेशनबाट अध्यक्षमा रमेश बिजी बिजयी हुनुभएको छ ।

तिव्र प्रतिस्पर्धाका बीच बिजीयले चर्चिच गायक बिष्णु खत्रीलार्इ ३९ मत अन्तरले पराजित गर्नुभएको हो ।

१ हजार १ सय ३३ मत खसेकोमा बिजयी बिजीले जम्मा ५ सय ८४ मत प्राप्त गर्दा खत्रीले ५ सय ४५ मत प्राप्त गर्नुभएको थियो । खत्रीको नेतृत्वका लागि यो तेस्रो पटकको प्रतिस्पर्धा हो । यसअघिका अध्यक्ष चन्द्र शर्मा र बद्रि पंगेनीसँग पनि खत्री चुनावी मैदानमा उत्रिएका थिए ।

कोषाध्यक्षमा राजु ढकाल भारी मतले बिजयी हुनुभएको छ । ढकालले ७ सय ७३ मत प्राप्त गर्दा उहाँका प्रत्यासी तारापति सुबेदीले ४ सय १ मत प्राप्त गर्नुभयो । सह-कोषाध्यक्षमा इश्वरीप्रसाद भुसाल बिजयी हुनुभएको छ । उहाँले ६ सय ८० मत प्राप्त गर्दा उहाँका प्रत्यासी घनाश्याम रिजालले ४ सय ६ मत प्राप्त गर्नुभयो ।

प्रशासनिक तर्फको सचिवका उम्मेदवार कृष्ण रेउले ८ सय ४६ मत गरि बिजयी हुनुभयो । उहाँको प्रत्यासी पुरुषोत्तम थापाले २ सय ४५ मत प्राप्त गर्नुभएको छ ।

खुल्ला सचिव पदका ७ वटा कोटाका लागि १२ जनाको उम्मेदवारी परेकोमा जीबन दाहाल ७८०,रमेशराज भट्टाराइ ७३३, कुलेन्द्र बिश्वकर्मा ६७७ ,हरि डाँगी ६२४ प्रचण्ड जिसी ६०६ ,बसन्त थापा ५९० ,पुस्कल शर्मा ५७३ मत लिई विजयी हुनुभएको छ । सचिव पदका उम्मेदवारहरु मध्ये हार बेहोरेका बिनोद वाजुराली ५५५ ,राजन गुरुङ ५५०, नबिन पौडेल ४४९ ,नारायण प्रसाद लेकाली ३९१, हुम गैरे ३३५, कृष्ण आँसु बिश्वकर्मा ३२९ मत प्राप्त गर्नुभयो ।

केन्द्रीय सदस्य (महिला) तर्फ सम्झना लामिछाने मगर ९१२, जानकी तारामी मगर ८६६, अन्जली अधिकारी ८१०, जुना श्रीस मगर ७९८ ,अमृता लुंगेली मगर ७६१, सरला पाण्डे ७३६ सिता राना ६३२ मत प्राप्त गरि विजयी हुनुभएको छ ।

केन्द्रीय सदस्य खुल्ला १२ जनाको लागि २० जनाको उम्मेदवारी परेकोमा देवी घर्ति १०१४, पिएन सापकोटा ८७१, प्रकाश सपुत ७८५, पुरुषोत्तम भण्डारी पुर्खे बा ७७९, प्रकाश भट्ट ७५४, याम क्षेत्री ७३१,बिमल अधिकारी ७२३,महेन्द्र गौतम ६९९, दिपक गरौजा मगर ६३०,सागर गुरुङ ५६६,बिक्रम थापा ५२८,युबराज मगर ५२५ विजयी हुनुभएको छ ।

केन्द्रीय सदस्य भूगोल (गण्डकी प्रदेश) एक जनाका लागि ४ जनाको उम्मेदवारी परेकोमा तारानाथ आचार्य ३९३ मत सहित बिजयी हुनुभएको छ । प्रतिस्पर्धी अक्कल बिरही गुरुङ ३३७ , सुरेन्द्र लामिछाने २२४ र कृष्ण अखेली १९४ मत प्राप्त गर्नुभयो।

केन्द्रीय सदस्य भूगोल (सुदूरपश्चिम प्रदेश)बाट नबिन धामी ५९३ मत सहित विजयी हुनुभएको छ । प्रतिस्पर्धी नरेन्द्र रावलले ४४७ मत प्राप्त गर्नुभयो । त्यस्तै केन्द्रीय सदस्य ९विदेश शाखा० मध्ये राम कृष्ण बम मल्ल जापान ७६७,दुर्गा पंगेनी ५५८ कतार विजयी हुनुभयो । प्रतिस्पर्धी इश्वरी घिमिरे (कोरिया)ले ५४४ मत प्राप्त गर्नुभयो।

वरिष्ठ उपाध्यक्ष रिता थापा ,प्रथम उपाध्यक्ष पशुपति शर्मा ,दितिय उपाध्यक्ष रामजि खांण,महिला उपाध्यक्ष राधिका हमाल, महासचिवमा सुवास केसी ,उप महासचिवमा शकर विसी र शिव हमाल, महिला सचिवमा जमुना राना , सांगठनिक सचिवमा खुमन अधिकारी,सह(कोषाध्यक्षमा पुर्णकला विक र उपत्यका समन्वय समितिमा राजकुमार रायमाझी निर्विरोध चयन हुनुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *