आदर्श सञ्चारद्वारा श्रद्धाञ्जली सभा सम्पन्न

आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका शेयर सदस्य धर्मराज आचार्यको बुबा केशव उपाध्यायको निधन प्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

बागलुङ नगरपालिका वडा नम्बर ४ ओडारचौर निबासी उपाध्यायको निधन भएको १० औं दिनको पुण्यतिथि पारेर श्रद्धाञ्जली सभासहित परिवारलाई आदर्श सञ्चार सहकारी संस्थाका प्रशासन विभाग प्रमुख कमला क्षेत्री, रिसेप्सनिष्ट सुरज किसान, बजार प्रतिनिधी मनिषा जि.सी., शेयर सदस्य ध्रुब बहादुर के.सी., बिनीता के.सी. लगायतको उपस्थितिमा शेयर सदस्यको आफन्तको निधनमा प्रदान गरिने मृत्यु राहत स्वरुप ५ हजार रुपैयाँ स्वर्गीय उपाध्यायको परिवारलाई हस्तान्तरण गर्नुभएको थियो ।

आदर्श सञ्चार सहकारी संस्थाले सदस्य राहत कोषबाट शेयर सदस्यको निधनमा १५ हजार र शेयर सदस्यका परिवारका सदस्यको निधनमा ५ हजार रकम राहत स्वरुप प्रदान गर्दै आएको छ ।

आदर्श सञ्चार सहकारी संस्थाले स्थापनाकालदेखि नै धौलागिरी जागरण दैनिक पत्रिका प्रकाशनसंगै सहप्रकाशन अग्रसर साप्ताहिक, आदर्शसञ्चार अनलाइन, धौलागिरी टेलिभिजनमा सहकार्य गर्नुका साथै वित्तीय तथा सामाजिक क्षेत्रमा समेत काम गर्दै आइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *