आदर्श अनलाइन, मकवानपुर
मकवानपुरमा कोरोनाविरुद्धको खोप लगाएकी एक महिलाको कोभिड–१९ बाट मृत्यु भएको छ ।
हेटौँडा उपमहानगरपालिका–१४ की ६३ वर्षीया महिलाको आज बिहान हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
ती महिलामा चार दिनअघि मात्रै कोरोना सङ्क्रमण पृष्टि भएको थियो । उनी मिर्गाैला र मधुमेह रोगबाट समेत पीडित थिइन् ।
उनलाई कारोना सङ्क्रमण हुुनु अगावै कोरोनाविरुद्धको खोप लगाइएको अस्पतालले जनाएको छ ।