आदर्श अनलाइन, बागलुङ
युवा पुस्ताको बेवास्ताका कारण लोप हुन थालेको लोक भजन संरक्षण र शालग्रामको प्रर्बद्धनका लागि बागलुङमा आयोजना गरिएको ‘शालग्राम भजन महोत्सव’मा ५० सहूम सहभागी गराइने भएको छ ।
पुरानो संस्कृतिको रुपमा रहेको लोक भजन जोगाउनका लागि आयोजना गरिएको भजन महोत्सवमा ५० समूह सहभागी गराईने भजन महोत्सव आयोजक संस्थाले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी जानाएको छ ।
यही मंसिर २४ देखि २८ गते सम्म आयोजना गर्न लागिएको भजन महोत्सवको सबै तयारी पुरा भएको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।
बागलुङ नगरपालिका–४ कुडुँले स्थित श्रीधरआचार्य शालग्राम संग्रहालयमा प्रथम शालग्राम भजन महोत्सव आयोजना गरिएको छ । तिरुपती बालाजीधाम तथा शालाग्राम संग्रहालयको आयोजनामा गर्न थािलएको भजन महोत्सवमा देशभरबाट ५० समूहले सहभागीता जनाएने भजन महोत्सव मूल आयोजक समितिका संयोजक राजु खड्काले जानकारी दिनुभयो ।
“हामी निरन्तर भजन समूहको सम्पर्कमा छौं, ५० भन्दा बढी समूहले आउने कुरा गर्नुभएको छ हाल सम्म २५ समूहले सहभागी हुने निधो दिइसक्नुभएको छ” खड्काले भन्नुभयो “भजन प्रदर्शन गर्ने सबै सहभागीलाई यातयात खर्च उपलव्ध गराइनेछ, यो नितान्त प्रतियोगिता नभएर प्रदर्शनी हो, यहाँको शालग्रामको महिमा बढाउन हो ।”
अहिले संग्रहालय आसपासका क्षेत्र सजाउन, प्रचार प्रसा गर्ने र मोटरसाइकल ¥याली गने काम भइरहेको छ । महोत्सव सफल पार्न २५१ सदस्यीय मूल आयोजक किििमटि, ११ उप समितिहरु गठन भएर काम भइरहेको छ ।
धार्मिक पर्यटक आर्कषण गर्नका लागि भजन महोत्सव आयोजना गरिएको शालग्राम संग्रहालयका अध्यक्ष ऋषि प्रपन्नचार्यले बताउनुभयो । प्रतियोगितामा प्रतिस्प्रधा हुने भएकाले खुल्ला रुपमा भजन आयोजना गरिएको उहाँको भनाई रहेको छ । भमगत रुपमा निर्माण गरिएको शालग्राम संग्रहालय दुई वर्षदेखि सर्वसाधरणका लागि खुल्ला गरिएको छ ।
यस अघि भजन प्रतियोगिता आयोजना गरेपनि प्रतियोगिताले सबैलाई समेट्न नसकेकाले महोत्सव आयोजना गरिएको भजन महोत्सवका सह–संयोजक तथा जैमिनी संकृतनका अध्यक्ष संघम क्षेत्रीले जानकारी दिनुभयो । भजन महोत्सवमा सहभागीहरुलाई यातयात खर्च दिइनेछ भने दैनिक रुपमा उत्कृष्ट भजनलाई सम्मानित गरिनेत उपलव्ध गराउने आयोजकको तयारी रहेको छ । शालग्राम संग्रहालयमा गर्न थालिएको भजन महोत्सवमा रु. १० लाख खर्चको अनुमान गरिएको छ ।
महोत्सवमा राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानका अध्यक्ष प्रजापती पराजलुली, लोक तथा भजन गायक रेशम सापकोटा र लोक भजनको खोज कर्ता डा. तुलसी प्रवासको समेत भजन प्रस्तुत हुँनेछ ।