बेनीमा गाउँपालिकाका विषयगत समितिको सिकाई आदान प्रदान तथा क्षमता विकास कार्यक्रम शुरु

आदर्श अनलाइन, बागलुङ
गाउँपालिका राष्ट्रिय महासंघ नेपालले स्थानीय सरकारमा सार्वजनिक वित्त व्यवस्थापन अन्तरगत विषयगत समितिहरुको भूमिका, सिकाई आदान प्रदान र क्षमता अभिवृद्धि कार्यक्रम बिहीवारदेखि म्याग्दीको बेनीमा शुरु गरेको छ ।

२ दिनसम्म सञ्चालन हुने कार्यक्रममा गाउँपालिकाहरुमा गाउसभा र कार्यपालिकाबाट गठित समितिहरुले गरेका उदाहरणीय कामको अनुभव आदान प्रदान गर्नुका साथै समितिहरुको सञ्चालनको अवस्था लगायतका विषयमा छलफल गरिने आयोजकले जनाएका छन् ।

विषयगत समितिहरु कानुनी व्यवस्था अनुसार सञ्चालन भएका छन् कि छैनन, थप सुधारका लागि के गर्न सकिन्छ, कसरी जनतालाई प्रदान गर्ने सेवालाई सहज बनाउन सकिन्छ ? लगायतका विषयमा विषयविज्ञहरुले सहजीकरण गर्ने जनाइएको छ ।

गाउँपालिकामा गठित विषयगत समितिका संयोजक तथा कर्मचारीहरुको सहभागिता रहेको कार्यक्रममा गाउँपालिका महासंघ नेपालका कार्यकारी निर्देशक राजेन्द्र प्याकुरेल र कानुन व्यवसायी प्रेम धितालले सहजीकरण गर्नु भएको छ ।

कार्यक्रममा म्याग्दीका धौलागिरी, मालिका, मंगला र अन्नपूर्ण गाउँपालिका, बागलुङका बरेङ, तमान र ताराखोला गाउँपालिका, पर्वतका महाशिला, मादी र जलजला गाउँपालिका, मुस्ताङका घरपझोङ गाउँपालिकाका विषयगत समितिका संयोजक तथा कर्मचारीहरुको सहभागिता रहेको गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय सदस्य तथा मालिका गाउँपालिका म्याग्दीका उपाध्यक्ष खरमाया बिटालुले जानकारी दिनुभयो ।

कार्यक्रम गाउँपालिका राष्ट्रिय महासंघ गण्डकी प्रदेशका सहसंयोजक तथा महाशिला गाउँपालिका पर्वतका अध्यक्ष राजु प्रसाद पौडेलको अध्यक्षता र महासंघका कार्यक्रम अधिकृत निता राउतको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *