सुख्खा खोकी लागेको छ ? अपनाउनुहोस् यी उपाय

आदर्श अनलाइन, काठमाडौँ
सास फेर्न गाह्रो हुनु, घाँटी खस्खसाउनु, खोक्दा छाती र पेटका मांशपेशी दुख्नु, नाक, घाँटी तथा फोक्सो सुक्नु, खोक्दा वान्ता आउला आउलाजस्तो हुनु सुख्खा खोकीका लक्षणहरु हुन् ।

खान र गर्न नहुने कुराहरु

गरम मसला, चिया, कफी, धेरै चिल्लो, चिसो दही, माछा, मासु, अण्डा, जाँडरक्सी, चुरोट, खैनी खानु हुँदैन । लगातार तातो वा चिसो पनि खानु हुँदैन । फलफूलमा केरा र तरकारीमा तोरीको साग, गुलिया मिठाइहरु खानु हुँदैन ।

खान र गर्न हुने कुराहरु

प्रशस्त मात्रामा कागती पानी पिउने, फलफूलमा सुन्तला, स्याउ, मौसम, अनार आदि खाने गर्नुपर्दछ । तातोपानी पिएर प्रशस्त आराम गर्ने, खाली पेटमा मनतातो पानी लिएर वान्ता गर्ने, नून पानीले कुल्ला गरेमा सुख्खा खोकी निको हुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *