नेकपा एसको ३१ विभाग, दुई प्रदेशले पनि पायो पूर्णता

आदर्श अनलाइन, काठमाडौँ
नेकपा एकीकृत समाजवादीले ३१ विभाग गठन गरेको छ । केन्द्रीय सचिवालयका विभिन्न बैठकका निर्णयबाट ती विभाग गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको नेकपा एसले जनाएको छ ।

त्यस्तै २ वटा प्रदेश कमिटीको पनि अनुमोदन गरिएको अध्यक्ष माधवकुमार नेपालले आज जारी गरेको अन्तर पार्टी निर्देशन (अपानी) मा उल्लेख छ । नेकपा एसले प्रदेश १ मा बलदेव चौधरीको अध्यक्षतामा २४५ सदस्यीय कमिटी बनाएको छ । त्यस्तै प्रकाश ज्वाला इन्चार्ज र अम्मरबहादुर थापा अध्यक्ष रहेको १६६ कर्णाली प्रदेश कमिटी गठन गरिएको छ ।

बाँकी प्रदेश कमिटीहरूलाई आफ्ना प्रदेश कमिटी विस्तारसम्बन्धी निर्णय गरी अनुमोदनका लागि केन्द्रमा पठाउन निर्देशन जारी गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *