संविधान संसोधन गर्न बैकल्पिक शक्ति जुटौं : पूर्व प्रम भट्टराई


आदर्श अनलाइन, बागलुङ

जनता समाजवादीका नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराइले संविधानमा केही कमजोरी भएकाले संसोधन गर्न आवश्यक रहेको बताउनुभयो ।

जनता समाजवादी नेपालले आज बागलुङ बजारमा आयोजना गरेको प्रथम मगरात राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता भट्टराईले संविधान नबन्ने अवस्था भएपछि केही त्रुटी पुर्ण संविधान जारी गरेपनि अहिले संसोधन आवश्यक रहेको बताउनुभयो । उहाँले संविधान संसेधनका लागि वैकल्पिक शक्ति एक जुट हुन आवश्यक रहेको बताउनुभयो ।

“पूर्ण समानुपातिक संसद, प्रत्यक्ष निर्वाचित राष्ट्रपती र पहिचान सहितको प्रदेश सरकार निर्माण हाम्रो माग हो” नेता भट्टराईले भन्नुभयो “अहिले निर्माण भएका प्रदेशमा पहिचान मास्ने काम भएको छ, गण्डकी प्रदेशलाई मगरात प्रदेश जस्तै अन्य प्रदेशको पहिचान सहितको प्रदेश निर्माण गरौं, अहिले प्रदेशमा पहिचान अनुसार छेउटुप्पो नमिलाईकन प्रदेश निर्माण भएको छ, त्यसमा हाम्रो पार्टीको बिरोध रहेको छ ।

नेता भट्टराईले संविधान संसोधनको विकल्प नभएको भन्दै यसका लागि हामीलाई एक पटक विश्वास गर्न आम जनतालाई आग्रह गर्नुभयो । संविधानलाई संसोधन गरी पहिचान सहितको बनाउन वैकल्पिक राजनैतिक एक ढिक्का भएर अगाडी बढ्न आवश्यक रहेको उहाँको तर्क थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *