सामाजिक कार्यमा सक्रिय बन्दै मातृभूमि बाल विकास मञ्च

आदर्श अनलाइन, बागलुङ
निसीखोला गाउँपालिका वडा नम्बर ४ झिम्पामा रहेको मातृभूमि बाल विकास मञ्चले सामाजक कार्यमा सक्रिय बन्दै गएको छ । केही समय अगाडी स्थतापना भएको यस मञ्चले समाजमा सकरात्म क्रियाकलापहरु अगाडी बढाएको छ ।

यसै क्रममा सोमबार मञ्चले झिम्पाको एक विद्यालय र गाउँको विभिन्न स्थानमा फोहोर संकलन गर्ने डस्विन व्यवस्थापन गरेको मञ्चका अध्यक्ष राजेन्द्र घर्ती मगरले जानकारी दिनुभयो । झिम्पा स्थित जन जिवराज सुशिला माविमा दुई वटा र गाउँको विभिन्न टोलमा १० वटा गरि १२ वटा फोहोर संकलन डस्विन व्यवस्थापन गरेको अध्यक्ष मगरको भनाई छ ।

गत तिहारमा गाउँमा आयोजना गरेको खेलकुद तथा संस्कृतिक कार्यक्रमबाट संकलन भएको रकमबाट गाउँमा फोहोर संकलन गर्ने डस्विन व्यवस्थापन गरेको उहाँले बताउनुभयो । मञ्चले कोरोना कालमा गाउँमा स्वास्थ्य सामग्री वितरण गर्नुका साथै जनचेताना मुलक कार्यक्रमहरु गरेको थियो । मञ्चले समय–समयमा झिम्पा गाउँको विभिन्न स्थानमा धारो निर्माण गरेको छ भने गाउँमा बाटोघाटो निर्माण र सरसफाईमा समेत जुटेको छ ।

त्यस्तै मातृभूमि विकास मञ्च झिम्पाले देवालीको अवसरमा आयोजना गरेको खेलकुद कार्यक्रम सोमबारदेखि सुरु भएको छ । आजदेखि सुरु भएको साविक वडा स्तरीय भलिबल प्रतियोगितामा १८ टिम सहभागिता रहेको खेल संयोजक दुजमन सुनारले जानकारी दिनुभयो ।

No description available.

आज भएको खेलमा साविक बोहरागाउँ गाविस वडा नम्बर ७ र ८ अघिल्लो चरणमा प्रवेश गरेको संयोजक सुनारको भनाई छ । मुल समारोहको उत्घाटन पौष २ गते हुने मञ्चले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *