बेनी बचत तथा ऋण सहकारीको स्थापना दिवसमा विद्यालयलाई आर्थिक सहयोग

आदर्श अनलाइन, बागलुङ
म्याग्दीको बेनी बचत तथा ऋण सहकारी संस्था २१ औँ वर्षमा प्रवेश गरेको छ । बेनीको एक विद्यालयलाई आर्थिक सहयोग हस्तान्तरण गरेर संस्थाले मंगलबार आफ्नो २१ औँ स्थापना दिवस मनाएको हो ।

हरेक वर्ष संस्थाको स्थापना दिवस परोपकारी कार्य गरेर मनाउँदै आएको सहकारीले यस वर्ष पनि म्याग्दीको बेनी बजारमा अवस्थीत उज्यालो वैकल्पिक विद्यालयलाई आर्थिक सहयोग हस्तान्तरण गरेर मनाएको हो ।

स्थापना दिवसको अवसरमा संस्थाका अध्यक्ष रमेश गिरीले उज्यालो वैकल्पिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेश शाक्यलाई २५ हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको थियो ।

रकम हस्तान्तरण गर्दै गिरीले पढने चाहना हुँदा हुदै पनि पढाई छुटेका आमा बाबाहरुको चाहना पुरा गर्न उज्यालो वैकल्पिक विद्यालयले खेलेको भुमिका महत्वपूर्ण रहेको बताउनुभएको थियो । उहाँले विद्यालयको व्यवस्थापनमा सहज होस भनेर सहकारीले आफ्नो स्थापना दिवसमा हुने खर्च कटाएर विद्यालयलाई सहयोग गरेको बताउनुभयो ।

सहयोग रकम बुझदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश शाक्ले सहकारीले सामाजिक क्षेत्रमा क्षेत्रमा दखाएको चासो सर्हानिय भएको बताउनुभएको थियो । उहाँले यस वर्ष उज्यालो वैकल्पिक विद्यालयबाट ९ जना आमा बाबाले आफ्नो पढने चाहनालाई निरन्तरता दिदै एस.इ.इ. उर्तिण गरेको भन्दै सबैको सहयोगले विद्यालय सञ्चालन गर्न सहयोग पुगेको बताउनुभयो ।

बेनी नगरपालिका–७ मा रहेको विद्यालयले कक्षा १–३ एउटा कक्षा ४–५ सम्म एउटा कक्षा, ६ र ७ को एउटा कक्षा र ८ देखी १० सम्म एउटा कक्षा गरि हाल ४ वटा कक्षा सञ्चालन गर्दै आएको छ । जसमा २७ देखी ६० वर्ष उमेर सम्मका ३२ जनाले अध्ययन गर्दै आएका छन् ।

रकम हस्तान्तरण कार्यक्रम संस्थाका सचिव माधव प्रसाद रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा संस्थाका सल्लाहकार, पुर्व सञ्चालक र सञ्चालकको उपस्थिती रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *