सडक पिच गर्न राखिएको रोडलोडरमा आगजनी

आदर्श अनलाईन, बागलुङ ।
बागलुङ नगरपालिका वडा नम्बर ७ को कालिमाटी सडक निर्माणको लागि राखिएको ग १ क ३०८७ नम्बरको रोडलोडरमा सोमबार राती अज्ञात पक्षले आगजनी गरेको छ ।

बागलुङ–कालिमाटी सडक पिजको जिम्मेवारी लिएको फेवा कन्ट्रक्सनले पहाडी कन्ट्रक्सनसंग भाडामा लिएको रोडलोडर मेशिनमा रातको ११ बजे आगजनी भएको हो । आगजनीबाट मेशिनको क्याबिन पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी नवराज भट्टले जानकारी दिनुभयो ।

सडक निर्माणको लागि राखिएको मेशिनमा कस्ले के प्रायोजनको लागि आगो लगायो भनेर अनुसन्धान भइरहेको भट्टले बताउँनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *