अनेरास्ववियुको संगठन विस्तार अभियान : धवलागिरी क्याम्पसमा कमिटी गठन

आदर्श अनलाइन, बागलुङ
नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु बागलुङले संगठन विस्तार अभियानलाई तिब्रता दिएको छ । अनेरास्ववियु गण्डकी प्रदेश कमिटिले सञ्चालन गरेको म अनेरास्ववियू अभियान अन्तरगत अनेरास्ववियु बागलुङले संगठन विस्तार अभियानलाई तिब्रता दिएको हो ।

अनेरास्ववियुले संगठन विस्तार अभियान अन्तरतगत धवलागिरी बहुमुखी क्याम्पसमा विएड प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरुको भेला बुधवार सम्पन्न गरेको छ । भेलाले सुमित्रा निउरेको अध्यक्षतामा ५१ सदस्यीय अनेरास्ववियुको कमिटी गठन गरेको छ ।

कमिटीको उपाध्यक्षमा शर्मिला परियार, सचिवमा गिता बुढाथोकी, सहसचिवमा अस्मिता शर्मा र कोषाध्यक्षमा अञ्जु भुषाल रहनु भएको छ । भेलालाई सम्बोधन गर्दै अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज शेखर खड्काले विद्यार्थीहरुका समस्यासंगै राष्ट्रियता, लोकतन्त्र र आम जनताको जनजिविकाका लागि अग्रपंक्तिमा रहेको अनेरास्ववियुमा गोलबद्ध हुन आम विद्यार्थीहरुलाई आव्हान गर्नु भएको थियो ।

कार्यक्रममा अनेरास्ववियु बागलुङका सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख रोशन जिसी, जिल्ला सचिवालय सदस्य अमृता जिसी लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम अनेरास्ववियु बागलुङका संयोजक रोशन कुँवरको अध्यक्षता र प्रभु सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *