आदर्श सञ्चार सहकारीद्वारा श्रद्धान्जलीसभा सम्पन्न

आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका शेयर सदस्य राम बहादुर केसीको आमाको निधन प्रति दुःख व्यक्त गर्दै बिहिबार श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

बागलुङ नगरपालिका–२, हल्लनचोक निबासी सेती कुमारी केसीको निधन भएको १२ औं दिनको पुण्यतिथि पारेर घरमै बिहीबार श्रद्धाञ्जली सभा सहित परिवारलाई आदर्श सञ्चार सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार माननीय मन कुमारी जिसी केसी, सल्लाहकार रुद्र बहादुर महत संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी ( अञ्जु ), उपाध्यक्ष अनन्त बहादुर खड्का सञ्चालक शान्ति श्रेष्ठ, अम्बिका जिसी शेयर विभाग प्रमुख मन कुमारी के.सी. लगायतले शेयर सदस्यको निधनमा प्रदान गरिने मृत्यु राहत स्वरुप ५ हजार रुपैयाँ स्वर्गीय के.सी.को छोरी सीता खड्कालाई हस्तान्तरण गर्नुभएको थियो ।

800



आदर्श सञ्चार सहकारी संस्थाले सदस्य राहत कोषबाट शेयर सदस्यको निधनमा १५ हजार र शेयर सदस्यका परिवारका सदस्यको निधनमा ५ हजार रकम राहत स्वरुप प्रदान गर्दै आएको छ ।

आदर्श सञ्चार सहकारी संस्थाले स्थापनाकालदेखि नै धौलागिरी जागरण दैनिक पत्रिका प्रकाशनसंगै सहप्रकाशन अग्रसर साप्ताहिक, आदर्शसञ्चार अनलाइन, धौलागिरी टेलिभिजनमा सहकार्य गर्नुका साथै वित्तीय तथा सामाजिक क्षेत्रमा समेत काम गर्दै आइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *