क्यानको विवादास्पद कदम

सम्पादकीय
नेपाल क्रिकेट संघ (क्यान)ले फेरि एक पटक विवादास्पद निर्णय गरेको छ । राष्ट्रिय क्रिकेट टोलीका कप्तानबाट ज्ञानेन्द्र मल्ल र उपकप्तानबाट दीपेन्द्रसिंह ऐरीलाई पदमुक्त ग¥यो । क्यानको बुधबार सम्पन्न भर्चुअल बोर्ड बैठकले मल्ललाई कप्तानबाट हटाएको छ । पछिल्लो समयका उम्दा खेलाडी सोमपाल कामी र कमलसिंह ऐरीलाई सन् २०२२ को केन्द्रीय सम्झौतामा सुरुको ६ महिनाका लागि सहभागी नगराउने निर्णय गरेको छ । र कप्तानको जिम्मेवारी सन्दीप लामिछानेलाई दिने निर्णय गरेको छ । खेलाडीको वर्गिकरण वैज्ञानिक र व्यावहारिक नभएको उनीहरुको जिकिर थियो । खेलाडीहरुको केन्द्रीय सम्झौतालाई लिएर कप्तान मल्लसहित केही सिनियर खेलाडीले सार्वजनिक रूपमा आम सञ्चार माध्यममा गुनासो र आलोचना गरेको प्रतिशोध क्यानले साध्यो । जसको सर्वत्र बिरोध भइरहेको छ ।

खेल र खेलाडीमा अनुशासन अपरिहार्य छ । खेलाडी आचारसंहिता पालना गर्नु खेलाडीको कर्तव्य हो । तर, खेलाडीले कुनै विषयलाई लिएर राखेको फरक मतमा स्पष्टिकरण सोधेर सचेत गराउनु सम्म त ठिकै हो । पदमुक्त गर्ने निर्णय नै गरेर क्यानले अपरिपक्वता प्रदर्शन गरेको छ । क्यानको कारबाहीको निर्णयमा ६ बोर्ड सदस्यले असहमति जनाउदै नोट अफ डिसेन्ट लेखेका छन् । केन्द्रीय सदस्य छुम्बी लामा, करण महतरा क्षेत्री, मोहम्मद दाउद अन्सारी, ऋषिराम गौतम र अमित वीर पाण्डेले नोट अफ डिसेन्ट जनाएका हुन् । यसले विश्व समुदायमा समेत नेपाली क्रिकेटको सम्भाबना र बलियो उपस्थिति जनाइरहेका बेला धक्का पुग्ने देखिएको छ ।

क्यानले अहिले जे जसरी जुन सवालमा कारबाही ग¥यो । त्यो अव्यवहारिक छ । खेल र खेलाडीको विषयमा मिडियामा बोल्दैमा गरिएको कारबाही निकास होइन । यसले क्यानका बारेमा आलोचना गर्नै हुँदैन भन्ने सोच क्यान पदाधिकारीमा हाबी भएको देखिन्छ । अब नेपालले निकट समयमै महत्वपूर्ण प्रतियोगिता खेल्दैछ । भर्खरै पुबुदु दसानायिकलेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको छ । नेपाली क्रिकेट गतिशील अवस्थामा छ । यस्तो बेलामा सचेत गराएर अनुशानस र मर्यादाको पाठ सिकाएर सचेत बनाउँदा जतिको उपर्युक्त विकल्प अरु थिएन । यो कदमले देशका लागि असल भावना र सोचले खेलिरहेका खेलाडीहरु प्रति अन्याय त भएको छ नै, त्यसमा आम नेपाली क्रिकेट फ्यानहरुको भावना पनि ठेस पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *