देवाली पर्वमा झिम्पामा खेलकुद कार्यक्रम, आज उद्घाटन

आदर्श अनलाइन, निसीखोला
निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेल सामाजिक विकासमा क्वलहरुको महत्वपूर्ण भूमिका हुने बताउनु भएको छ ।

निसीखोला गाउँपालिका वडा नम्बर ४ झिम्पामा शुक्रबार झिम्पाली देवाली तथा मातृभूमि विकास मञ्चले आयोजना खेलकुद कार्यक्रमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै क्लवहरुले खेलाडी उत्पादन गर्नुको साथै समाजमा भएको विकृति विसंगति अन्त्य गर्नु पर्नेमा जोड दिनुभयो ।

उहाँले चाड पर्वले विभिन्न समुदायहरु बीचको आत्मियता बढाउने भन्दै सबैले विभिन्न जातजातिको परम्परालाई स्वीकार गर्नु पर्नेमा जोड दिनुभयो । चाड पर्व मनाउनु परम्परादेखि चल्दै आएका संस्कृतिको निरन्तरता भएको उहाँको भनाई छ ।

कार्यक्रममा विकास मञ्चले समाजमा महत्वपूर्ण योगदान पु¥याएका व्यक्ति, जेष्ठ नागरिक, चन्दादाता लगायतलाई सम्मान गरेको थियो । देवालीको पूर्व विकास मञ्चले आयोजाना गरेको विविध कार्यक्रमहरु मध्ये पुरुष भलिबल प्रतियोगिता फाइनल चरणमा पुगेको छ ।

फाइनलमा वडा नम्बर साविक बोहोरा गाउँ वडा नम्बर ९ र वडा नम्बर ५ फाइनलमा पुगेको खेल संयोजक दुजमन सुनारले जानकारी दिनुभयो । देवाली पर्व झिम्पालीको विशेष पर्व हो । यो पर्व मंसिर ४ गते मनाइँदै छ । देवालीका दिन झिम्पा, बडाचौर लगायतका स्थानीयले भेडा, बोकाको बराहथानमा बलि चढाउने गर्छन् । यहाँ बलि चढाउँदा मनोकांक्षा पुरा हुने स्थानीयको भनाई छ । यो पर्व रहेक ३/३ वर्षमा मनाउने गरिन्छ ।

कार्यक्रममा निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरलाल शाक्य, वडा नम्बर ४ का अध्यक्ष टिकानिधि पौडेल, एमाले जिल्ला सदस्य रुद्रप्रसाद पौडेल, विष्णु क्षेत्री, जनजिवराज सुशिला माविका प्रअ यमकान्ता पौडेल, झिम्पा कृषि सहकारी संस्थाका अध्यक्ष टंकप्रसाद पौडेल लगायतले बोलेका थिए ।

कार्यक्रम क्लव अध्यक्ष रेमबहादुर क्षेत्रीको अध्यक्षता, सदस्य रामबहादुर क्षेत्रीको स्वागत र पत्रकार डम्मर बुढा मगरको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *