एमाले गण्डकी प्रदेशमा बागलुङ ६ जना थपिए

आदर्श अनलाइन, बागलुङ
नेकपा एमाले गण्डकी प्रदेश कमिटि सदस्य पदमा बागलुङका ६ जना थपिएका छन् । प्रदेश कमिटिको हालै सम्पन्न सचिवालय वैठकले ६ जनालाई थप गरेको हो । पछिल्लो पटक ६ जना थपिएसंगै एमाले गण्डकी प्रदेश कमिटिमा बागलुङबाट प्रतिनिधित्व गर्नेको संख्या ६० पुगेको छ ।

पछिल्लो पटक थपिएका सदस्यहरुमा बागलुङ नगरपालिका ४ का बाबुराज कार्की, बानपा–२ का राम शर्मा, बानपा–१४ का भरत पौडेल बागलुङे, बानपा–१२ का हरिराम अधिकारी र काठेखोला गाउँपालिका वडा नं. २ का मणिभद्र शर्मा रहेका छन् ।

कात्तिक ८ गते सम्पन्न प्रदेश कमिटिको वैठकले बागलुङका ४८ जनालाई प्रदेश कमिटिमा मनोनित गरेको थियो । ति मध्ये डा. सूर्य पाठक र कृष्ण केसी एमाले केन्द्रीय कमिटिको दोस्रो पूर्ण वैठकबाट केन्द्रीय सदस्यमा मनोनित भएपछि अब बागलुङबाट एमाले गण्डकी प्रदेशमा ६० जनाको सहभागिता रहने भएको हो ।

कात्तिक ८ गते भन्दा पहिला जनक पौडेल, मोहनलाल शर्मा, लिला राना, हिरा बहादुर केसी, गीता शर्मा, नर बहादुर थापा, प्रेम खरेल र भीम प्रसाद शेरचन (सुनिल) प्रदेश कमिटिको सदस्य रहनु भएको थियो । जनक पौडेल, मोहनलाल शर्मा र हिरा बहादुर केसी सचिवालय सदस्य रहनु भएकोमा कात्तिक ८ गतेको वैठकले लिला रानालाई पनि सचिवालयमा मनोनित गरेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *