वैदेशिक रोजगारीको लगत संकलन गर्दै स्थानीय तह

आदर्श अनलाइन, बागलुङ

वैदेशिक रोजगारी, वैदेशिक अध्ययन, रोजगारीका समस्या, पुनःस्थापना र समस्याका विषयमा जानकारी राख्नका लागि यहाँका दुई पालिकाले लगत संकलन थालेका छन् ।

वैदेशिक रोजगारमा रहेका नागरिक र उनीहरुको परिवारको तथ्यांक तथा अवस्था पहिचानको लागि दुई पालिकाले वैदेशिक रोजगार सम्बन्धी पाश्र्वचित्र निर्माण गर्न सुरु गरेका छन् ।

बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाले वैदेशिक रोजागरीको विवरण संकलन गर्नका लागि आप्रवासी ‘प्रोफाईल’ निर्माण गर्न थालेका हुन ।

संकलन गरेको तथ्याङक प्रोफाइलका रुपमा राखिने र आगमी नीति तथा कार्यक्रम बनाउदा त्यसैका आधारमा तयार गरिने बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । प्रोफाईलले सुरक्षित प्रवासन नीति र पुनः एकीकरणको लागि समर्थन सहित स्थानीय ‘प्रवास प्रशासन’ को लागि उचित योजना, नीति र रणनीतिको विकासमा सहयोग गर्ने छ ।

प्रोफाईल निर्माणको लागि बागलुङ नगरपालिकाले रु. चार लाख १६ हजार र काठेखोला गाउँपालिकाले रु. चार लाख आठ हजार विनियोजन गरेका छन् । प्रत्येक वडामा एक जना गणकको व्यवस्थापन गरी क्षेत्रगत तथ्याङक संकलन गरिने छ ।

बागलुङ नगरपालिकाले १४ र काठेखोला गाउँपालिकाले आठ जना गणक छनौट गरी तथ्याङ्क संकलन गर्न थालेका छन् । गणकहरुले कोवो सफ्टवेयरमार्फत तथ्यांङक लिनेछन् ।

No description available.

विवाईसी बागलुङको व्यवस्थापनमा गणकहरुलाई सामी हेल्भेटासले दुई दिने सफ्टवेयर सञ्चालनबारे प्राविधिक तालिम दिएर स्थलगत रुपमा तथ्याङ्क संकलनका लागि वडामा खटाइएको छ । स्थलगतरुपमा खटाइएका २८ गणकहरुले माघ ४ भित्र आफ्नो जिम्मेवारीमा परेको वडाको वैदेशिक रोजगारीमा गएको, अध्ययनका लागि गएको, वैदेशिक रोजगारीमा आश्रीत परिवार, वैदेशिक रोजगारीमा फर्केका, रोजगारीबाट फर्केर पुनस्थापित भइसकेकाको विवरण संकलन गर्नेछन् ।

प्रोफाईलमा जनसांख्यिकीय जानकारी, प्रमुख गन्तव्य देशहरू, प्रवासी र उनीहरूका परिवारको सीप र सूचनामा पहुँचको हालको परिदृश्य, रेमिट्यान्स प्राप्त गर्ने र वित्तीय साक्षरतामा यसको उपयोगिताको प्रवृत्ति र ज्ञान स्तर सहितको प्रवास, पुनरागमन प्रवासी कामदारको जानकारी, उनीहरूको अवस्था र पहलमाथि जोड दिने काठेखोला गाउँपालिकाका अध्यक्ष अमरबहादुर थापाले बताउनुभयो ।

आप्रवासी पाश्र्वचित्रले राष्ट्रिय सन्दर्भसँग सम्बन्धित स्थानीय स्तरबाट श्रम प्रवासन ढाँचाको समग्र परिदृश्य प्रतिबिम्बित गर्ने सुरक्षित आप्रवासन परियोजना (सामी) बागलुङका परियोजना संयोजक मिनप्रसाद उपाध्ययाले बताउनुभयो । “रोजगारीको अवस्था, अध्ययनमा पुगेका, फर्केका नागरिकको विवरण संकलन गर्नेछौं” उपाध्यायले भन्नुभयो “संकलन भएको तथ्याङ्कका आधारमा स्थानीय तहले आप्रवासी सुरक्षित योजना बनाइनेछ ।” वैदेशिक रोजगारमा धोखाधडी र सम्बन्धित मुद्दाहरू, सामाजिक लागत, चुनौतीहरू, अगाडि र सुझावलाई पनि समावेश हुनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *