सरोजराज पन्त
संस्कृति मानव सभ्यताको सृष्टि हो । संस्कृतिले मानव सभ्यता र विकासको उजागर गर्दछ । यसलाई विगतको शिक्षालाई संवाहकको रुपमा लिइन्छ । विभिन्न मानव विकासका गतिविधिहरू यसैमा अन्तर्निहित छन । संस्कृति मानव अनुभवको नतिजा हो । संस्कृति मानव बानीको एक ढाँचा, अनुकूल दृष्टिकोण र मान हो । यो पुस्तादेखि अर्को पुस्तामा प्रसारित हुन्छ । यो समाजमा बस्ने मानव समूहका व्यवहारको सामाजिक, आर्थिक, जैविक, जातीय मोडसंग एकीकृत हुन्छ । संस्कृति प्रभावको आधारमा, व्यक्तिहरू तिनीहरूको जीवन प्रणाली विकास गर्दछ । संस्कृति विभिन्न कला, चलन, राजनीतिक संगठन, भाषा, साहित्य र विचारहरु को विभिन्न प्रकारले प्रतिबिम्बित छ । समाजमा विकासको नाममा हुने गरेको विकृतिले विनासको रुप लिई रहेको छ । संस्कृति र मान्यतामा ह्रास आउन नदिन हामी आफ्ना क्रियाकलापमा सचेत हुनैपर्दछ यद्यपि परसंस्कृतिको बाहिरी दवाव रहेको छ । आफ्नो मौलिकता नगुमाई विदेशी भूमिमा रहेरै पनि नेपाली संस्कृतिलाई निरन्तरता दिनु अहिलेको आवस्यकता छ तर बिडम्बना मूल्य र मान्यतामा आएको फरकपनको कारण नेपाली समाजको आत्मीयता, मौलिकपन गुमेको छ । गम्भिर भएर सोच्दा आधुनिकताले नेपाली समाजलाई बिकराल बनाएको देखिन्छ ।
नेपाल सांस्कृतिक विविधताले भरिएको र अनेकौ मौलिक पहिचान बोकेको देश हो । यहाँ रहेका संस्कारहरुले नेपालीको पहिचान बोकेका छन । मौलिक संस्कृति र सम्पदा हाम्रा सम्पति हुन । ती मौलिक संस्कारहरू धार्मिक विधिबाट सम्पन्न हुन्छन । त्यसैले धर्म, संस्कार र पहिचान कहिलै पनि एक अर्कोदेखि अलग रहन सक्दैनन । समयको प्रवाहसँगै गाउँघरका रहेका मौलिक संस्कृति मानव सभ्यता, परम्परा, रीतिरिवाज र संस्कार क्रमिक रुपमा बदलिँदै गरुका छन । यसैगरी पुराना मौलिक संस्कृति हराउँदै गएका छन । संस्कृतिको जगेर्नाबाट हामी हाम्रो मौलिकता बचाउन सक्दछांै तर पनि मौलिक संस्कृति मानव सभ्यता जोगाउनमा हामी सबैको ध्यान यसतर्फ जान सकेको छैन ।
पूर्वीय दर्शन र आध्यात्मिक पक्ष एक सम्पत्ति हो । मानिसहरूलाई जीवनमा सही मार्गमा हिंड्न यसले सहयो गर्दछ । धार्मिक गतिविधिहरूले हाम्रो संस्कृति संरक्षण गर्दछ र सामाजिक एकतालाई बढाँउछ । यसले देशमा शिक्षा, सीप र कलाको विकासमा योगदान गर्दछ । आधुनिकतावादले विभिन्न कुराहरु गरेको छ जस्तैः परम्परालाई सुधार्ने दृष्टिकोण तथा प्राचीन मुल्यलाई भत्काउने मान्यता, प्रयोगको नवीनता तथा लेखनमा स्वतन्त्रताको अनिवार्यता आदि हुन । सांस्कृतिक समारोह र उत्सव मनाउने बेलामा हामी हाम्रा आफन्तहरू र साथीहरूलाई भेट्छौ ं। यसले हाम्रो सम्बन्धलाई नयाँ बनाउँदछ र बलियो बनाउँदछ । यसले नेपाललाई अरु देशहरुमा परिचय गराउन र नेपालको पर्यटन बृद्धि गर्न सहयोग गर्दछ । पर्यटनले नेपालको अर्थतन्त्रमा विदेशी मुद्रा कमाउन योगदान पुगेको छ ।
नेपाली समाजको राम्रो पक्ष भनेको आत्मीयता र अपनत्व लिने संस्कार हो । तर आज यो संस्कार धराशायी हुँदै गएको छ । आफ्ना तथा पराई कोही नभई सबैमा आफ्नै परिवारभित्रको सदस्यझैँ माया, सम्मान र आदर गर्ने संस्कारी स्वभाव नेपाली समाजको हो । आत्मीयता र अनुभवको साटासाट गर्ने संस्कार नेपाली समाजको अर्को गहना हो । नचिनेकै जो कोही भए पनि एकापसमा चिनजान गर्ने र अनुभवको साटासाट गर्ने हाम्रो संस्कार विश्वले नमुना मान्ने गर्दथ्यो । तर आज नेपालीको हरेक घरका सदस्यहरूबीच बोलचाल कम हुनथालेको छ । मोबाइल लगायतको उपकरणलाई पश्चिमी समाजको विकास मान्ने हो भने यसले हाम्रो आत्मीयता साट्ने संस्कारलाई क्षयीकरण गर्दछ । नेपाली समाजमा हुर्कंदै आएको पश्चिमी संस्कृतिको प्रभावले नेपाली समाजमा केही विकृति भित्रि सकेको हँुदा यसबाट नेपाली समाजलाई बचाउन आवश्यक छ । नेपाली समाजको जग नै पूर्वीय दर्शन भएकाले नेपाली समाज र संस्कृतिको संरक्षण, संवद्र्धन गर्न प्रशिक्षण आवश्यक रहेको छ । यसका साथै नेपाली समाजमा पश्चिमी संस्कृतिको नाममा मौलाउँदै आएका विकृतिहरुलाई हटाउँदै राम्रा, अनुसरणयोग्य संस्कार र संस्कृतिलाई अगाडि बढाउने किसिमको शिक्षा दिन सरकारले रणनीति बनाउन आवश्यक छ ।
नेपाली संस्कृति लोक जीवनमा पनि आधारित छन् । त्यसैले साहित्य, सङ्गीत, कला, लोक संस्कृतिको मूल स्रोतका रूपमा नेपाली संस्कृतिलाई लिइन्छ । हाम्रा संस्कृति धर्मसंग सम्बन्धित छन् । यस सन्दर्भमा आधुनिक जीवन यापन गर्नु नराम्रो होइन यद्यपि आधुनिकताको नाममा आफ्नो देशको मौलिकता, स्थानीय संस्कार भुल्नु चाहिँ अवश्य पनि राम्रो होइन । अहिले हामीहरुले आफ्ना पुर्खाले पुखौँदेखि मनाउदैँ आएका रीतिरिवाज, लोक संस्कृति, लोक बाजा, नृत्य भुलेर विदेशी संस्कृति, चाडपर्वहरुलाई आत्मसात गरेका छौँ । अब जन्मलिने बच्चाहरुले त झन् आफ्नो पुर्खाहरुले गाउने लोक गीत, बाजा, नृत्यको नाम समेत सुन्न पाउदैँनन् कि भन्ने अवस्था सृजना भई सकेको छ । आधुनिकतावादले गर्दा हामीलाई वैशाख १ को नयाँ वर्षभन्दा जनवरी १ को नयाँ वर्ष महान लाग्न थालि सकेको छ । विदेशी पात्रो अनुसार जनवरी १ मा नयाँ वर्ष मनाउनै नहुने भन्ने होइन तर आफ्नो देशको नयाँ वर्ष वैशाख १ लाई भुलेर उतैको संस्कृतिमा रमाउनु हुदैन । अहिले वैशाख १ मा बरु कतै मेला, महोत्सव लाग्दैनन्, तर जनवरी १ मा हामीले मेला महोत्सवको आयोजन गरेर रमाएका हुन्छौँ । यसबाट आफनोपन मात्र गुमेको छैन नेपाली संस्कृति र सभ्यता आधुनिकतावादले चौतर्फी घेरा बन्दीमा पारेको छ ।
परम्परागत ज्ञान, सीप, विधि, प्रकिया र प्रविधिहरु ,मानव सभ्यताको बिकाससगैँ विज्ञान र प्रविधिले विकासको फड्को मार्दै आउँदा हामा्र पा्रचिन रीतिरिवाज, परम्परा, मुल्यमान्यता, दर्शन आदि लामो समयसम्म चलिरहनुले यसमा रहेका वैज्ञानिक तध्यहरुको इतिहास, पहिचान र मौलिकता अहिले थप अनुसन्धानका विषय बनेका छन् । यद्यपि हामीले मनाउने चाडपर्वहरु तीज देखि क्रिश्चियन भ्यालेन्टाइन दिवस आदिमा आधुनिकताको आगमन भएको छ । तीज विवाहित महिलाहरुद्वारा पतिको स्वास्थ्य र दीर्घ जीवनको कामना गदर्,ै अविवाहित केटीहरुद्वारा राम्रो भावी पतिको चाहना गरी उपवास बस्ने मात्र नभई फेशन शो र क्रिश्चियन भ्यालेन्टाइन दिवस पे्रमलिला देखाउँन स्थानीयकरण भएको छ । प्रणय दिवसमा स्कूल र कलेज विद्यार्थीहरू, आधुनिक गीतकार र सेलिब्रेटीहरु,अविवाहित युवा युवति देखि दम्पतीसम्म, केटी र केटा बीचको प्रेम सम्बन्ध, अन्तरजातीय विवाह, ’सँगै बस्ने’ संस्कृति पश्चिमी जीवन शैली, अन्तरजातीय विवाह आदिलाई लिन सकिन्छ । यसबाहेक, ’सँगै बस्ने’ संस्कृति एक पश्चिमी जीवन शैली पनि नेपाली समाजमा बढदै गएको छ । विवाह नगरी धेरै संख्यामासँगै बस्दै आएको र त्यस्ता जोडीहरूले आफ्ना बाबुआमालाई नबताउँने र आफू बस्ने इलाकामा आफूलाई विवाहित जोडीको रूपमा प्रस्तुत गर्ने प्रवृति छ ।
आज सूचना तथा सञ्चार प्रविधिले आमुल परिवर्तन ल्याए पनि यसले सामाजिक सम्बन्धसगै पारिवारिक एकता भङ्क गरेकोमात्र छैन नाता, कुटुम्व आफन्तजन बीचको आपसी सौहादर्ता समेत घटाएको छ । सूचना प्रविधि र सामाजिक सन्जालको फोबियाको कारण ग्रामीण क्षेत्रमा कटुवाला प्रथा, भmयाली पिट्ने प्रथा अन्त्य भइ जीविकोपार्जनमा जटिलताहरु थपिएका छन् । अहिले सामाजिक सन्जालको फोबियाले गर्दा सडक दुर्घटना बढेका, तरकारी खाना डडेका, आगालागीका घटना बढेका, योैन, दुराचार, वलात्कार बढेका, उत्पादनशील समय वर्वाद भएको, बालबालिकाले पढ्न मन ंनगरेको अबस्था छ । फेसबुक लभले समाजिक असन्तुलन, वहुविवाह, खुला वजारिकरणसँगै चोरी, डकैती, लागु औषधको सेवन र ओसारपसार बढदै गएको छ । यसैगरी सामाजिक मेलमिलाप, आपसी सहकार्यमा असमानता थपिएको छ । वालक, युवायुवतीहरुमा एकोहोरो पन बढेको, खुला यौन क्रियाकलापलाई प्रश्रय दिएको, गाउँसहरमा अराजकता निम्ताएका छन ।
भाषा संस्कृतिसँग जोडिएको महत्वपूर्ण विषय हो । भाषा र लिपिले मानिसको पहिचानलाई उजागर गर्दछ । कतिपय भाषा लोप हुँदै जानु र कतिपय लोपोन्मुख हुँदै जानुले भाषाकै कारणबाट पठनपाठन र अन्य अवसर प्राप्त गर्न नसकेको अवस्था छ । यसतर्फ समयमै गम्भीर ध्यान दिन नसक्ने हो भने भोलि बहुभाषा, बहुसंस्कृति भएको राष्ट्र भन्न पाइने छैन । राष्ट्रको विकास, नीतिनिर्माण, रोजगारी शिक्षा, समानता र समग्र पक्ष र अवसरमा समावेशी ढंगले समन्याय प्रदान गर्न सबै लिपि र भाषाको सम्मान कागजमा उल्लेख गरेर मात्र हुँदैन यथार्थतामा सबैलाई समान ढंगले व्यवहार गर्न अत्यन्त आवश्यक छ । यसैगरी आफ्नो भाषा, लिपि, संस्कृति, सभ्यता, सम्पदाको संरक्षण र सम्वद्र्धन गर्न आवश्यक छ । अहिलेका बालबालिकालाई दूध कहाँबाट आउँछ भन्दा डेरीबाट दाल, चामल कहाँबाट आउँछ भन्दा पसले अंकलको नाम भन्ने गर्दछन् । अहिले पढाइ अंग्रेजी भइदिँदा नेपालीपन नेपाली संस्कृति, संस्कार बmमशः हराउँदै गएका छन् । व्यावसायिक पढाइको कमी छ त्यसैमा पनि सीप सिकाइ कम हुँदै जाँदा नेपालीपन मात्र हराएको छैन परनिर्भरता बढाएको छ । युवायुवतीमा पश्चिमी संस्कृति हावी हुँदा नेपाली संस्कृति ओझेल पर्दै मृतप्रायः बन्दै गएको छ । विदेशी संस्कार, सिद्धान्त, भाषाको समाज र देशमा हेजिमनी बढ्दै जाँदा बौद्धिक पलायन र गरिबी पनि बढ्दै गएको छ । खानपान, लवाइ–खवाइ, ऐश–आराम, मनोरञ्जन बढी गर्न चाहने तर आयस्रोत कमजोर हुँदै जाँदा गरिबीले सकस बनाएको अवस्था छ । सानो काम नगर्ने, अपेक्षा र आवश्यकता थपिदै जाँदा नेपाली जनजीवन भाषा जस्तै संकटमा मडारिएको छ ।
वास्तवमा संसार एक साझा घर हो । यो एउटा घरमा धेरै परिवारहरु छन् । एक परिवारको संस्कृति अकोँ परिवारले सकरात्मक अवलम्बन गर्नु सान्र्दभिक हो तर आफ्नो संस्कृतिलाई छाडेर होइन आफनो संस्कृति र सभ्यता जोगाएरमात्र अगाडि बढनु पर्दछ । संस्कृतिका नाममा अहिले धेरै विकृति पनि भित्रिएका छन । मानिसले भित्राएका विकृतिहरुले मानव जगतमा नै असर पारेको छन । त्यसैले अहिले संस्कृतिको नाममा भित्रिएका विकृतिहरु रोक्न जरुरी छ । यस्ता विकृतिले नेपाली संस्कृति हराउदै गएका छन । आधुनिकतावादले गर्दा कतिपय ठाँउमा विकास भएको भनिन्छ तर विकासको नाममा चाडपर्व रीतिरिवाजको विनास गर्नु हुदैँन । आधुनिकतावादले हाम्रो समाजमा सकारात्मक गतिविधिका साथसाथै नकारात्मक गतिविधि भित्राएको छ ।
एक व्यक्तिको सांस्कृति क्रियाकलापले अकोँ व्यक्तिलाई गहिरो असरमा पारेको हुन्छ । मानव मानव एक हुन् तरपनि धुनिकतावादले मानव जीवनमा असर पारेको देखिन्छ । हामीले जतिसुकै क्रान्तिको कुरा गरेपनि हाम्रो परम्पराभित्र हामी सम्मिलित हुन सकेनौँ । त्यो परम्परालाई व्यवस्थित नयाँपन दिन सकेनौँ भने हाम्रो नयाँपनको लागि गरेको प्रयास फजुल भएको देखिन्छ । नेपाली संस्कृतिको विकास गोपालवंश, महिषपाल, किराँतकाल, लिच्छविकाल, मल्लकालदेखि आधुनिककालसम्म आइपुग्दा विभिन्न उतारचढाव भएका छन । सामाजिक संरचना, लिच्छवि लिपि, संस्कृत भाषा, धार्मिक सहिष्णुताको साथै विभिन्न प्रथा, चाडपर्वजस्ता प्रमुख सांस्कृतिक मूल्य, मान्यताका आधारमा नेपाली समाज र संस्कृतिको विकास हुँदै आएको छ ।
अहिले हामी नेपाली भाषाभन्दा अंग्रजी भाषा प्रयोग गर्नमा रमाउँदै आएको छ । वर्तमान समयमा सरलता, सहजताका लागि आगन्तुक शब्द प्रयोग गरिएको छ । यसको प्रभाव दीर्घकालसम्म पर्दै जाँदा नेपाली शब्दकोश आफना रैथाने शब्दहरुले भन्दा आगन्तुक शब्दहरुले भरिने छन् र कुनै समय भाषा बचाउ आन्दोलन गर्न विवश हुनुपर्ने छ, तर त्यतिबेला ढिला भैसक्ने छ । त्यो पश्चाताप र ज्या संस्कृति मात्र हुने छ । नयाँ सामाजिक कल्पना र सांस्कृतिक, आर्थिक विश्वब्यापीकरण, कर्पोरेसन वा गैरसरकारी संस्थाहरू, ट्रेड प्रणालीको विकास, वित्तीय विश्वब्यापीकरण, अन्तर्राष्ट्रिय वित्तिय आदानप्रदान र मौद्रिक विनिमयको साथै वित्तीय प्रणालीको उदय र उत्पादन विधिहरू सुधार गर्न समय सापेक्ष रुपमा सुधारको आवश्यक छ ।
हाम्रो संस्कृतिको संरक्षण हामीले नै गर्नु पर्दछ । यसको संरक्षणबाटमात्र राष्ट्रिय गौरव बढाउँदछ । त्यसैले संस्कृति गुमाएर र विकृतिमा अल्झिएर होइन, संस्कृतिमा बाँधिएर, पर्यटकहरूलाई आकर्षित गनर्, सांस्कृतिक गतिविधिहरू गर्न सक्नु पर्दछ । यसको मौलिक आधारशीला तयार पार्न, व्यवहारमा प्रदर्शन गर्न आवश्यक छ । आधुनिकतावादमा लागेर नयाँ कुरा सिक्नु पर्दछ तर यसको नकारात्मक गतिविधिलाई छोडी सकारात्मक गतिविधिको अवलम्बन गर्दै नेपालको संस्कृति, कला, धर्म, साहित्यलाई जगेर्ना गर्न हामी चुक्नु हुदैन । हामीले संस्कृति भुलेर होइन, साथमा लिएर यिनीहरुको संरक्षण गर्न सक्नु पर्दछ । यसका लागि सबै मानिसहरु जागरूक हन आवश्यक छ । आधुनिक विज्ञान र प्रविधिको ज्ञानले हामीलाई हाम्रो संस्कृति संरक्षण गर्न मद्दत पुग्ने भएकोले हामीसबै सजग बन्न सक्नु पर्दछ । अब हामीले हाम्रो सांस्कृतिको संरक्षण गर्न राष्ट्रिय स्तरबाट नै पहल गर्न सक्नु पर्दछ । हामी सबै मिलेर आफ्नो मौलिक संस्कृतिको संरक्षण गर्न अब रतिभर ढिला नगरौँ र यस काममा कोही नचुकौं ।