समयसँग सोच बदलौं

कृषिता अधिकारी (निशा)
साँच्चै नै समय एउटा वेग हो, गति हो । जो निरन्तर रुपमा अगाडी बढिरहेको हुन्छ । न हामीले यसलाई रोक्न सक्दछौं न त यसलाई छेक्न सक्दछौं । बस कहिले काँही नचाहेर पनि समय अनुसार चल्नु पर्दछ ।

यदि कसैले जीवनको सबैभन्दा महत्वर्पूण र अनमोल कुरा के हो भनी सोध्यो भने सबैभन्दा महत्व र अनमोल कुरा समय हो भन्ने गर्छाै । हुन पनि त हो, समय कसैको वसमा छैन । कतिपय अवस्थामा समयमा नै आफ्ना लक्ष्य पूरा गरिएन भने हामीलाई पश्चताप हुने गर्दछ । त्यसैले समयलाई चिन्ने र समयानुकूल चल्न सक्ने व्यक्तिले जहिले पनि आफ्नो लक्ष्य पूरा गर्न सक्छ ।

समयको कदर नगर्ने व्यक्तिले कहिल्यै पनि सफलता हासिल गर्न सक्दैन र त्यस्तो व्यक्तिको जीवनको कुनै अर्थ पनि रहँदैन । जीवन संघर्षले भरिएको हुन्छ, यसलाई पार गर्न समयको सही सदुपयोगको अति नै महत्वर्पूण भूमिका रहन्छ । त्यस्तै समयले हरेक मानिसलाई अगाडि बढ्ने मौका दिएको हुन्छ हामीले त्यो मौकाको दुरुपयोग ग¥यौं भने कहिल्यै पनि अगाडि बढ्न सक्दैनौं । समयका पलपलका क्षणहरु फरक–फरक तरिकाबाट गुज्रिरहेका हुन्छन् किनकी समय परिवर्तनशिल छ ।

भनिन्छ नि, ‘समयले कहिल्यै पनि पर्खिदैन समय त बगेको खोला हो फर्किदैन’ वास्तवमा भन्ने हो भने ढुङगे युगबाट विस्तारै समयको गती र विज्ञानले गरेको उन्नतीले मानिसलाई ढुङगे युगबाट रुपान्तरण गरि समाजिक तथा आधुनिक युगमा विकसित हँुदै आएको हो नि ? जब मानिस गर्भावस्था देखी नवजात शिशु अवस्था, शैसव अवस्था पुर्व बाल्यावस्था र प्रौढा अवस्था हुँदै जन्मे देखी सात अवस्था पार गरी उसको मृत्यु हुन्छ । यसै क्रममा मानिसले अनेकौं संघर्ष गर्छ समय अनुसार उठ्छ बस्छ र जीन्दगीका यात्राहरु पार गर्दै जान्छ ।

किनकि समयको उपयोगिता मानव जीवनका लागि महत्वपूर्ण रहेको छ । समयले आफ्नो गतिसँगै परिवर्तन पनि ल्याइरहेको हुन्छ । त्यस्तै मानव सभ्यताको विकास समयकै गतिशीलताको लागि ठूलो उपलब्धी हो । त्यसैगरी कुनै पनि प्राणीको जन्म र मृत्युलाई समयकै रोमाञ्चक खेल मान्न सकिन्छ । किनकी आज जन्मेको बालक समयकै क्रममा भोलि किशोर र जवान हुँदै बृद्धवास्थामा पुग्दछ अनि समयकै क्रममा यसको मृत्यु पनि हुन्छ । कुनै पनि व्यक्तिका शारीरिक, मानसिक, बौद्धिक आदि पक्षको विकास समयकै गतिमा भइरहेको हुन्छ । यसै क्रममा समयको गति संगै मानिसको जीवन र निभाउनु पर्ने भूमिका बदलिदै जान्छ यससँगै हाम्रो सामाजिक सोच विचार पनि परिवर्तन हँुदै जान्छ । त्यसैले त समयको कुनै महत्वपूर्ण क्षण मानिसका हातबाट फुत्कियो भने त्यो क्षण फेरी फर्केर आउँदैन । समयका एकएक पलको महत्व छ जसमा तोकिएको समयको सही ढंगले सदुपयोग गर्ने हो भने जीवन सफल अवश्य हुनेछ ।

प्रायः जसो हामीले देखिरहेको हुन्छौं नि ज्ञानी व्यक्तिले चाहिँ समयको ठीक ढंगले सदुपयोग गरिरहेको हुन्छ । अनि उसको जीवन सुखसँग बितिरहेको हुन्छ । उदाहरणका लागि कुनै पनि महान् सफलताको सुरुवात सपनाबाट हुन्छ । प्रायः सपना सुरुवातमा अपत्यरिला हुन्छन् र त्यो सपना पुरा गर्छु भन्ने मान्छे पनि छन् किनकि समय परिवर्तनशील छ यदि मान्छेले गरेको सच्चा मेहनत र लगन अनुसार आफुले कार्य गर्ने हो भने हामी अवश्य पनि सफल हुन सक्छौ ।

त्यसैले यो दुनियाँमा असम्भव जस्तो कुरा केही नभएको मानिसहरूले बुझ्न थालेका छन् । बस समयलाई चिन्न सक्नुपर्छ । मानिसले देख्ने सपनाको आकार अनुसारको संघर्ष त्यस सपनालाई साकार पार्न गर्नुपर्ने हुन्छ । मतलब जति ठूलो सपना, त्यति नै ठूलो मेहनत । त्यति नै ठूलो त्याग तथा जोखिम उठाउन पनि मानिस तयार हुनुपर्छ, तर मानिस स्वभावैले अल्छी तथा सुविधा भोगी प्राणी हो । त्यसैले जो मानिस संघर्ष गर्नका लागि तयार छ, आखिर जित उसैको हुन्छ र उसैको जीवन सार्थक पनि हुन्छ ।

केही काम नगरी समय बिताउने हाम्रो अज्ञानता हो । त्यसैले हामीले समयको हरेक पललाई सृजनात्मक कार्यमा लाग्नुपर्छ । जसले गर्दा हामीलाई शारीरिक तथा मानसिक रुपमा सकारात्मक तथा तन्दुरुस्त बनाउने गर्दछ । यसका साथसाथै हाम्रो सोच पनि परिवर्तन गर्दछ । तसर्थ, समय एउटा बलियो शक्ति हो किनकि समय बलवान् छ । हामीले समयको सदुपयोग गरि आफ्नो जीवन परिवर्तन गरौं ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *