सिगानाका ६५ घरमा ‘एक घर एक धारा’


आदर्श अनलाइन, बागलुङ

खानेपानीको समस्या भएको बागलुङ नगरपालिका–८ स्थित बाँस्बोट र लाम्पाटा क्षेत्रमा एक घर एक धारा निर्माण सम्पन्न भएको छ ।

खानेपानीको समस्या भएको साँयकोट क्षेत्रमा गत वर्ष नै ६५ घरमा खानेपानीका घारा जडान भइसकेका छन् । अहिले अर्को समस्या ग्रस्त क्षेत्र आलबारी, बाँसकोट, लाम्पाटा, पाखावारी लगायतका क्षेत्रमा खानेपानीको धारा निर्माण भएर पानी पु¥याएको छ ।

अव्यवस्थित सामुदायिक खानेपानीको धारा रहेको उक्त क्षेत्रमा मुस्किलले दिनमा २ घण्टा मात्रै पानी आउनेमा अहिले घरमै मिटर सहितको धारा जडान भएको सिगानाका स्थानीय कोपिला खड्काले बताउनुभयो । अव्यवस्थित रुपमा रहेको खानेपानीलाई व्यवस्थित गरी घरघरमा धारा जडान गर्दा यस स्थानका स्थानीयहरु खुसीले दंग परेका छन् ।

उनिहरुले सामुदायिक धारामापानीको पालो समेत पर्खनुपर्ने बाध्यता रहेको थियो । खानेपानीको समस्या भोग्दै आएका बागलुङ नगरपालिका–८ सिगाना लामिचौर दलित बस्ती बाहेककका २१ मुहानमा खानेपानीको काम चलिरहेको बागलुङ नगरपालिका–८ सिगाना खानेपानी तथा सरसफाई आयोजनाका अध्यक्ष यज्ञराज गोतमले जानकारी दिनुभयो ।

“२०७३ सालबाट यहाँ २१ साना÷ठूला मुहानममा खानेपानीको काम भइरहेको छ, अहिले लाम्पाटा लगायतको क्षेत्रमा ६५ घरमा खानेपानी पु¥याएका छौं” गौतमले भन्नुभयो “बहुवर्षे योजना अन्र्तगत अहिले कोरीखोला क्षेत्रमा समेत ६५ घरमा खानेपानीको काम भइरहेको छ तर लाम्पाटा, पाखावारी लगायतका क्षेत्रमा एक महिनादेखि घर घरमा खानेपानी पुगिसकेको छ ।”

हाल सम्म उक्त स्थानमा जम्मा १२ सामुदायिक धारा, अव्यवस्थित, असहज पानीको वितरण थियो ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, बागलुङको बजेट अनुसार अहिले सिगानामा धमाधम एक घर एक धारा लगायत खानेपानीको पहुँच पु¥याउने काम भइरहेको छ । ६५ घरमा धारा पु¥याउनका लागि चितेपानी आलावारीको मुहानबाट पानी ल्याएर २० हजार लिटर क्षमताको पानी संकलन ट्याङ्की निर्माण गरी बितरण गरिएको छ । ६५ घरमा मात्रै खानेपानी पु¥याउन रु. २५ लाख खर्च भइसकेको सिगाना खानेपानी आयोजनाले जनाएको छ ।

अहिले मिटर सहितका घर–घरका धारामा २४ सै घण्टा पानी आउने गरेको छ । लाम्पाटा, पखावारी, उपल्लो बास्बोट र तल्लोबास्बोटका स्थानीयले वर्षौ देखिको खानेपानीको समस्या घरमै धारो आएपछि अन्त्य भएको जनाएका छन् ।

झण्डै ६०० घर रहेको सिगानामा हाल सम्म नगरपालिका, प्रदेश र संघ सरकारका आयोजना मार्फत घरमा एक घर एक धारा पु¥याइसकेको बागलुङ नगरपालिका–८ सिगानाका वडा अध्यक्ष राजन जिसीले जानकारी दिनुभयो ।
“हाम्रो कार्यकालमा सिगानाका सबै घरमा खानेपानी पु¥याउने लक्ष्य हो तर सिगानाको संकट ग्रस्त क्षेत्र लामिचौर दलीत बस्तीमा लिफ्ट मार्फत आयोजना चलिरहेको छ, उक्त आयोजना निर्माणमा केही ढिला भएको छ” जिसीले भन्नुभयो “असार मसान्त सम्म ४०० घरमा खानेपानी पु¥याउने लक्ष्य रहेको छ त्यो बाहेक विद्यालय, स्वास्थ्यचौकी तथा सामुदायिक भवनमा खानेपानीको पहुँच पु¥याएको छ ।”

अहिले दुईपारा देखि स्वास्थ्य चौकी, गुवाखोला देखि बिबिमरबोट सम्मको योजना, दुईपारा, गुवाखोला, पिप्ले, छरछरे देखि बिरौटा, थापा थर र कोरिखोलामा खानेपानीको काम भइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *