पर्वत समाजले आयोजना गरेको भलिबलको उपाधी स्याङजालाई

आदर्श अनलाइन, दोहा

पर्वत समाज कतारले आयोजना गरेको जिल्ला स्तरीय भलिबल प्रतियोगिता–२०२१ को उपाधी स्याङ्जा सहयोग समाजले जित्न सफल भएको छ ।

बीस टिमको सहभागीतामा शुक्रबार राती सम्पन्न फाइनलमा आयोजक पर्वतलाई हराउँदै स्याङ्जाले नगद १ हजार ७ सय एक कतारी रियल, कप र प्रमाण पत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा दोस्रो हुन सफल आयोजक पर्वत समाज कतारले नगद १ हजार १ सय एक कतारी रियल, कप र प्रमाण पत्र प्राप्त गरेको यस्तै तेस्रो हुन सफल कास्की आदर्श समाज कतारले नगद ७ सय एक कतारी रियल, कप र प्रमाण पत्र प्राप्त गरेको छ ।

भलिबल खेलाडीलाई प्रोत्साहन तथा संस्थागत सम्बन्धलाई सुमधुर बनाउन आयोजना गरिएको प्रतियोगिताको प्रथम पुरस्कार प्रयोजन पर्वत समाज अमेरिकाका अध्यक्ष धन प्रसाद गुरुङले गर्नुभएको प्रतियोगिताका संयोजक शक्ति क्षत्रीले बताउनुभयो ।

पर्वत समाजले प्रतियोगितालाई भव्य रुपमा सफल बनाउन आर्थिक, भौतिक र नैतिक रुपमा सहयोग गर्नु हुने सम्पुर्ण सहयोगी, प्रतियोगिता अवधि भर निरन्तर खट्नु हुने स्वयंसेवक तथा प्रतियोगितामा सहभागिता जनाउने सम्पुर्ण जिल्ला संस्थाहरुलाई आभार व्यक्त गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *