तात्यो नेकपा एमाले बागलुङ : अध्यक्षमा पाँच आकांक्षी

साधना पन्त, बागलुङ

नेकपा एमाले बागलुङको नवौं जिल्ला अधिवेशन आगामी पुष २३ गते हुने भएको छ । मंगलबार बागलुङमा पत्रकार सम्मेलन गरी नेकपा एमाले जिल्ला कमिटिले जानकारी गराएको हो । अधिवेशन नजिकिदै गर्दा नयाँ नेतृत्वका लागी नेताहरुको सक्रियता बढेको छ । अधिवेशन नजिकिएसंगै जिल्ला स्तरका नेताहरुमा आकांक्षा बढ्दै गएको छ ।

पत्रकार सम्मेलनमा नेकपा एमाले जिल्ला कार्यबाहक अध्यक्ष कृष्ण पाठकले जिल्ला अधिवेशन सौहार्द बातावरणमा सम्पन्न गरिने बताउनुभयो । उहाँले जिल्लाको नवौं अधिवेशनमा डिजिटल प्रविधिको प्रयोग गरी प्रभावकारी रुपमा गर्ने बताउनुभयो ।

पाठकले जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि जिल्ला भरीका ६ सय ३ जना प्रतिनिधी सहभागी हुने बताउनुभयो । एमाले बागलुङको नेतृत्व गर्नका लागि पाँच जनाको चर्चा चलेको छ । अध्यक्षका आकाङ्क्षीमा प्रदेश कमिटि सचिवालय सदस्य जनकराज पौडेल, प्रदेश कमिटि सचिवालय सदस्य हिरा बहादुर केसी, प्रदेश कमिटि सदस्य ममतादेवी शर्मा, कार्यबाहक अध्यक्ष कृष्ण पाठक र सचिव विष्णु भुषालले आकाङ्क्षा राख्नु भएको छ । अधिवेशनबाट सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न अधिकतम प्रयास गरिने पाठकले जानकारी दिनुभयो । नेकपा एमाले बागलुङ जिल्लामा ५ हजार २ सय २६ जनाले पार्टीको सदस्यता लिएको नेकपा एमाले जिल्ला सचिव विष्णु भुषालले बताउनुभयो ।

उहाँले अधिवेशन सफल बनाउन विभिन्न समिति समेत गठन गरेको भन्दै प्रतिनिधि ब्यवस्थापन समिति संयोजकमा बिष्णु भुसाल, प्रतिवेदन तयार समिति संयोजक कृष्ण पाठक, हल तथा मञ्च ब्यवस्थापन समिति संयोजक गणेश थापा, स्वयंसेवक ब्यवस्थापन समिति संयोजक सम्पन्न श्रेष्ठ, खाद्य तथा आवास ब्यवस्थापन समिति संयोजक गणेश थापा, प्रचार प्रसार समिति संयोजक धनबहादुर परियार, अतिथि सत्कार समिति संयोजक अमर थापा, निर्वाचन समिति संयोजक बिष्णुप्रसाद शर्मा, आर्थिक ब्यबस्थापन समिति संयोजक कृष्ण पाठक, सांस्कृतिक ब्यबस्थापन समिति संयोजक सरस्वती खड्का र स्वास्थ्य समिति संयोजक ऋतु पौडेलको जिम्मेवारी दिइएको छ ।

नेकपा एमाले बागलुङ जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष कृष्ण पाठकको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको संचालन जिल्ला सचिव बिष्णु भुषालले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *