धौलागिरी छात्रवृति अक्षय कोषबाट ७४ जना विद्यार्थीलाई सहयोग

आदर्श अनलाइन, बागलुङ
धौलागिरी छात्रवृति अक्षय कोष प्रतिष्ठानले बलेवाका ७४ जना विद्यार्थीलाई छात्रवृति प्रदान गरेको छ । धौलागिरी छात्रवृति अक्षय कोष प्रतिष्ठानको वार्षिक साधारण सभामा वलेवाका पृथ्वी हिरन्य मावि अमालाचैर, लग्मी नारायण मावि सरांगी, सरस्वती मावि, श्रि जगन्नाथ प्रावी र गणेश माविका विद्यार्थीहरुलाई छात्रवृति वितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रतिनिधीसभा सदस्य तथा नेकपा एमालेका केन्द्रिय सदस्य डा. सूर्य पाठकले युवाहरुलाई लक्षीत गरी स्थापना गरेको अक्षय कोषबाट जेहेन्दार विद्यार्थीलाई राहत वितरण गरेकोमा धन्यबाद दिदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो । पाठकले सहयोग र समाजलाई सकरात्मक तरिकाले प्रभाव पार्ने काम जो कोहीले गर्नपनि सकिने भन्दै एमालेले चुनावमा शिक्षा, स्वास्थ्य, विकास निमाणका योजनाहरुलाई पुरा गर्दै आएको बताउनुभयो । चुनावमा गरेका सवै खालका कुराहरुलाई एमालेको सरकाले योजना बद्द तरिकाले अगाडी बढाएको बताउनुभयो ।

No description available.

बलेवाको समर्ग बिकासको लागि एमालेको सरकारले विभिन्न योजनाहरु ल्याएको भन्दै समग्र बागलुङ र बलेवाको गौरवको योजना बलेवा विमानस्थल र कालिगण्डकी कोरिडोरको कामले त्रिवता लिएको पाठकले बताउनुभयो । बलेवामा शिक्षा, स्वास्थ्य, सडक र पानीका योजना कतिपय पुरा भएका र कतिपय पुरा हुने चरणमा रहेको पाठकले जानकारी दिनुभयो ।

वर्तमान सरकाको कामले देशमा अस्थिरता उत्पन्न भएको भन्दै सरकारले लोकतन्त्रको सवै स्तम्बहरुलाइै धरापमा पारेको बताउनुभयो । आगामी चुनवमा केपी ओलीको नेतृत्वमा जनताको जननादेशबाट पुनःएमालेको सरकारले देश र जनताको लागि काम गर्ने पाठकले बताउनुभयो ।
कार्यक्रममा बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले नगरले शैक्षिक क्षेत्रको विकासका लागि नगरपालिका सधै सकरात्मक रहेको बताउनुभयो ।

शैक्षिक गुणस्तरीयताको लागि आर्थिक वर्षमा नगरले विभिन्न कार्यक्रम गरेको र संघ प्रदेशबाट पनि विभिन्न योजना हरुलाई निगरमा ल्याएर कामहरु अगाडी बढाएको बताउनुभयो । नगरमा श्रोत साधान कम भएतापनि उचित व्यवस्थापन गरी नगरले बलेवामा विकासका ठूला÷ठूला योजनाहरु पारेको पौडेलले बताउनुभयो ।

२०७४ सालमा स्थापना भएको धौलागिरी छात्रवृति अक्षय कोष प्रतिष्ठानले हरेक वर्ष गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई एक हजार देखि एक हजार ५०० सम्मकको छात्रावृति प्रदान गर्दै आइरहेको छ । कोरोनाका कारण गत वर्ष र यो वर्ष गरेर ९३ हजार बराबरको छात्रवृति वितरण गरिएको छ ।



धौलागिरी छात्रवृति अक्षय कोष प्रतिष्ठान, राधाकृष्ण मन्दिर विकास केन्द्र र अन्तर्राष्ट्रिय बागलुङ समाजको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो । अहिले धौलागिरी छात्रावृति अक्षय कोषमा ७ लाख २५ हजार, राधाकृष्ण मन्दिरको पुजारी कोषमा ४ लाख ५० हजार रहेको संस्थापक सदस्य तुलसिराम शर्माले जानकारी दिनुभयो ।

कार्यक्रममा धौलागिरी छात्रवृत्ति अक्षय कोष प्रतिष्ठान र राधाकृष्ण मन्दिर विकास केन्द्रको साधारण सभा पनि सम्मन गरिएको छ । साधारण सभाले धौलागिरी छात्रवृत्ति अक्षय कोष प्रतिष्ठानको अध्यक्षमा हरि प्रसाद लामिछाने, उपाध्यक्ष यम कुमारी चापागाई, सचिव पदमनाथ शर्मा पौडेल, कोषध्यक्ष सरस्वती रिजाल, सह–सचिव बिनोद लामिछाने, सदस्यमा कृष्ण प्रसाद शर्मा, बुद्धि प्रसाद चापागाई, दिनानाथ शर्मा पौडेल र केशव पौडेल सर्वसमेत चयन हुनुभएको छ ।

यसैगरी राधाकृष्ण मन्दिर विकास केन्द्रको अध्यक्षमा भुमिश्वर पाध्य लामिछाने, उपाध्यक्ष पदमनाथ पौडेल, सचिव ढुन्डीराज पौडेल, कोषध्यक्ष सरस्वती रिजाल, सह–सचिव हेम चापागाई, सदस्यमा मोतिकृष्ण चापागाई, टिकाराम पाध्या, तुलसी रिजाल, दिननाथ शर्मा, कृष्ण प्रसाद पाध्य, धनकुमारी शर्मा लामिछाने र नन्दकली लामिछाने सर्वसम्मत चयन हुनुभएको छ ।

कार्यक्रममा बागलुङ नगरपालिका वडा नम्वर १२ का वडा अध्यक्ष गुरुदता पाठक, समाज सेवी मेघनाथ शर्मा, धौलागिरी छात्रवृति अक्षय कोष प्रतिष्ठानका सदस्य हरिप्रसाद लामिछाने, जनता माध्यामिक विद्यालयका प्रधानध्यापक प्रेम कुमार पौडेलले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा धौलागिरी छात्रवृति अक्षय कोष प्रतिष्ठानका कार्यवाहक अध्यक्ष पद्मनाथ शर्मा पौडेलको अध्यक्षयता, कोषका सचिव दिनानाथ शर्मा पौडेलको स्वागत, संस्थापक सदस्य तुलसिराम शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *