ढोरपाटनमा साहसिक खेल ‘स्कि’को संभावना

आदर्श अनलाइन, बागलुङ

पर्यटकीय गन्तव्य ढोरपाटन क्षेत्रमा हिउँमा खेलिने शाहसीक खेल स्किको प्रसस्त संभावना देखिएको छ । पछिल्लो केहि समययता नेपाल साहसिक स्कि पर्यटनको गतिलो गन्तव्य बन्दै गईरहेको सन्दर्भमा नेपालकै एक मात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्ष क्षेत्र अन्र्तगत ढोरपाटन उपत्यका आसपासमा व्यवसायीक रुपमानै स्कि खेल खेलाउन सकिने देखिएको छ ।

भौगोलिक दृष्टिले युरोप तथा अमेरिकामा खेलिने स्कि भन्दा नेपालमा कैयौ गुणा रोमाञ्चकारिक तथा साहसिक हुने भएकाले अहिले नेपालका हिमाली तथा उच्च पहाडी क्षेत्रमा स्कि खेलको विस्तार भइरहेको छ । हिउँमा चिप्लिएर खेल्ने खेलको ढोरपाटनमा निकै संभावना रहेको विज्ञहरुको एक सर्वेक्षणले देखाएको छ ।

नेपाल पर्बतीय प्रशिक्षण प्रतिष्ठान र नेपाल राष्ट्रिय पर्बतारोहण पथ पदर्शक संघले संयुक्त रुपमा पर्वत आरोहण र हिमालय पथ पदर्शक विज्ञहरुको समूहले हालै गरेको एक अध्ययनमा ढोरपाटनको उपत्यका नजिकै स्कि खेलको संभावना रहेको जनाएको छ ।

ढोरपाटनमा स्कि खेल सञ्चालन गर्न सकिने संभावना देखिएको स्कि खेलको संभावना अध्ययनका लागि ढोरपाटन पुग्नुभएको अन्तराष्ट्रिय माउटेण्ड गाईड तथा नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानका बोर्ड सदस्य छिरिङ जाङ्बु शेर्पाले बताउनुभयो ।

“ढोरपाटन उपत्यका देखि उत्तर तर्फको भिरालो जमिनमा स्कि खेल खेल्न सकिने संभावना रहेछ, त्यस स्थानमा खासै घाम नपर्ने र चिसो रही रहने हुँनाले कृत्रिम आइस निर्माण समेत गर्न सकिन्छ” शेर्पाले भन्नुभयो “हिउँदमा केही समय उक्त क्षेत्रमा हिउँनै हुन्छ, अन्य समयमा समेत निकै चिसो रहेकाले मानव निर्मित हिउँ निर्माण गरेर खेल खेल्न सकिन्छ भन्ने हाम्रो समूहको अध्ययनले देखाएको छ, हामीले केही समयमा विस्तृत रुपमा संभावनाको अध्ययन प्रतिवेदन सरकारलाई पेश गर्नेछौं ।”

सन् २०१५ देखि नेपाल पर्बतीय प्रशिक्षण प्रतिष्ठान र नेपाल राष्ट्रिय पर्बतारोहण पथ पदर्शक संघले संयुक्त आयोजनामा नेपालको हिमाली तथा उच्च पहाडी क्षेत्रमा स्कि खेलको संभावनाको अध्ययन, स्कि खेलको प्रशिक्षण, खेलाडी उत्पादन तथा स्कि खेल पर्यटनको विकास गर्दै आएको छ ।

ढोरपाटनमा स्कि खेलको संभावना सहित स्याउ खेती समेत संभावना देखिएको अध्ययनमा सहभागी विज्ञहरुको समूहले जनाएको छ । विद्युतको समय पहुँच पुगेको र अत्यन्तै चिसो भएको स्थानमा कृत्रिम आइस निर्माण गर्न समेत अत्यन्तै सहज हुँने भएकाले अन्य समयमा समेत स्कि खेल्न सकिने विज्ञहरुको भनाई छ ।

ढोरपाटनमा स्कि खेलको संभावनाको विषयमा अध्ययन गर्न नेपाल पर्र्वतिय प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक रोमनाथ ज्ञवाली, नेपाल पर्बतिय प्रशिक्षण प्रतिष्ठानका एडमिन हेड उत्तम बाबु भट्टराई, नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानका बोर्ड सदस्य तथा अन्तराष्ट्रिय माउन्टेन गाईड छिरिङ जाङबु शेर्पा, माउटेण्ड गाइड जय मल्ल र पोसन साहीको समूह ढोरपाटन आएको थियो ।

ढोरपाटनको उपत्यकानै अत्यन्तै सिचो स्थान रहेकाले स्कि खेल र खेल संगै साहसिक पर्यटनको अत्यन्तै संभावना देखिएको नेपाल पर्र्वतीय प्रशिक्षण प्रतिष्ठानले जनाएको छ । नेपाल पर्बतीय प्रशिक्षण प्रतिष्ठान र नेपाल राष्ट्रिय पर्बतारोहण पथ पदर्शक संघले हिमाली जिल्ला मुस्ताङ, मनाङ, कालिन्चोक लगायतका क्षेत्रमा स्कि खेलको अध्ययन गरिसकेको छ भने कालिनचोकमा एक किलोमिटर स्कि खेलको लागि आवश्यक पूर्वाधार बनिसकेको छ ।

अहिले स्कि खेलको तालिम संगै पर्बद्धन गर्ने काम गर्दै आएको नेपाल राष्ट्रिय पर्बतारोहण पथ पदर्शक संघले जनाएको छ । ढोरपाटनमा स्कि खेलका लागि भिरालो हिउँपरेको जमिन तयार पार्दा केही रुखहरु भने कटान गर्नुपर्ने देखिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *