स्कुटर दुर्घटना हुँदा २ जनाको मृत्यु

आदर्श अनलाइन, पोखरा
कास्कीको नौडाँडामा सवारी दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ  ।

नौडाँडाबाट काँडेतर्फ जाँदै गरेको ग २१ प ४४६० नम्बरको स्कुटर उक्त स्थानमा रोकेर राखेको सवारीसाधन बोक्ने ट्रेलरमा  ठोक्किँदा स्कुटरमा  सवार दुई जनाको मृत्यु भएको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुन्दर तिवारीले जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भीर घाइते भएका कास्कीको  अन्नपूर्ण गाउँपालिका -१ नौडाँडाका २८ वर्षीय सुनिल केसी र सोहि ठाउँका स्कुटर चालक ३० वर्षीय कृष्ण सुवेदीलाई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा चिकित्सकले चेकजाँचका क्रममा मृत घोषणा गरेको डिएसपी तिवारीले बताउनुभयो ।

मृतकको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा  लागि राखिएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *