रेशका थापालाई डायलासिसको सकस, २५ हजार सहयोग

आदर्श अनलाइन, बागलुङ

जिल्लाको काठेखोला गाउँपालिका–७ रेशकी मृगौला पिडित रिता थापालाई अमेरिकाबाट सहयोग प्राप्त भएको छ ।

नेपाली किन्डर सोसाईटी अमेरिकामा रहेका व्यक्तिहरुले यही बर्षको दीपावलीमा भैली खेलेर संकलन गरिएको रकम मृगौला पिडित थापालाई प्रदान गरेको हो । बुधबार रेश समाजले एक कार्यक्रमको आयोजना गरी अमेरिकाबाट प्राप्त भएको २० हजार र टुकबहादुर क्षेत्रीले थप गरेको ५ हजार रुपैँया गरी २५ हजार रुपैँया सहयोग रकम हस्तान्तरण गरिएको छ ।

मृगौला पीडित थापालाई सहयोग हस्तान्तरण गर्ने क्रममा ।

अमेरिकामा बसोबास गर्दै आएका सन्तोष क्षेत्री, आयस्था क्षेत्री, इर्सिता श्रेष्ठ, सम्मेक बराल, विश्वास ढुंगाना, अक्षेत ढुंगाना, सम्रिक गौतम लगायतको सक्रियतामा रकम संकलन गरिएको हो ।

मृगौला पिडित थापाको उपचारमा हालसम्म ७ लाख भन्दा बढी खर्च भईसकेको छ । आर्थिक अवस्था कमजोर भएका कारण डायलायसिस गराउने रकम समेत नहुँदा अहिले सम्म इन्जेक्सन र औषधीको भरमा बाँचिरहेकी छन् । थाइराईड देखि सुरु भएको समस्या पछि अहिले मृगौला फेल हुँदा हिड्डुल गर्न समेत गाह्रो हुने गरेको थापाले बताउनुभयो । मासिक रुपमा ३० हजार रुपैँया औषधी खाने गरेको भन्दै अहिले केही सुधार भएको थापाको भनाई छ । ४ बर्ष यता उहाँले निरन्तर औषधी लिइरहेको बताउनुभयो ।

थापाका श्रीमान हरिलाल थापा बागलुङ नगरपालिका–११ मा रहेको सिद्ध प्राविका शिक्षक हुनुहुन्छ । उहाँको स्वास्थ्यमा पनि समस्या छ । यसअघि २/३ पटक आइसियुमा नै बसेर उपचार गराएको भन्दै श्रीमतीको थप उपचारका लागि समस्या भएकाले सहयोग गर्न आग्रह गर्नुभएको छ । दुई छोरी र एक छोरा रहेका थापाको परिवारमा अहिले ठुलो समस्या आइलागेको छ । शिक्षण पेशाबाट मृगौलाको उपचार गर्ने रकम जोहो गर्न कठिन भएको थापाले बताउनुभयो ।

अझै लामो समय सम्म औषधी चलाउन र डायालायसिस गर्न पर्ने चिकित्सकले बताएका छन् । रकम हस्तान्तरण कार्यक्रममा डिलबहादुर कार्की, काठेखोला गाउँपालिका–७ का वडा अध्यक्ष प्रेम लामिछाने, टुकबहादुर क्षेत्रीले अप्ठ्रो अवस्थामा सबै मिलेर सहयोग गर्ने सँस्कारलाई निरन्तरता दिएर सहयोग गर्न सबैलाई आग्रह गर्नुभएको थियो । कार्यक्रम रेश समाजका अध्यक्ष तालबहादुर कँुवरको अध्यक्षता र सचिव बलराम गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *