बागलुङकी खड्का काँग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित

आदर्श अनलाइन, बागलुङ
नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट पूर्व राज्यमन्त्री चम्पादेवी खड्का केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएकाे छ। बागलुङ क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधि हुनुभएकी खड्का केन्द्रीय सदस्य खस आर्य महिला तर्फ निर्वाचित हुनुभएकाे हाे । खड्कासँगै मञ्जु खाँड, नानु बास्तोल विद्या तिमल्सिना, कान्ती सेजुवार र प्रतिमा गौतम निर्वाचित भएका छन । खड्का देउवा पक्षको प्यानलमा विजयी हुनु भएकाे हाे । ६ जना मध्य गौतम शेखर पक्षबाट निर्वाचित हुनु भएकाे हाे भने अन्य सबै देउवा पक्षबाटै निर्वाचित भएका हुन्र ।

खड्का यस अघि प्रधानमन्त्री शेरबहादुर देउवाकै पालामा सहकारी तथा गरिबी निवारण राज्यमन्त्री हुनु भएकाे थियाे भने संविधान सभा सदस्य हुनुहुन्छ । खड्का नेपाली काँग्रेस बागलुङका पुर्व जिल्ला सचिव तथा पुर्व सांसद स्व. हरि खड्काकी श्रीमती हुनुहुन्छ । २०७० सालको संविधान सभाको निर्वाचनमा बागलुङ क्षेत्र नं. १ बाट निर्वाचित स्व. खड्काको दुर्घटनाबाट मृत्यु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *