पोखराका सहकारीकर्मीहरुको गुनासो : सहकारीका सकारात्मक कामले प्राथमिकता पाएनन्

साधना पन्त, पोखरा
सहकारी क्षेत्रले समाज रुपान्तरणमा गरेको योगदानको सकारात्मक पक्ष ओझेल परेको भन्दै प्राथमिकतामा पार्न सहकारी र सञ्चारमाध्यबीच सहकार्य हुन पर्नेमा पोखराका सहकारीकर्मीहरुले जोड दिएका छन् ।

आम समुदायमा पहुँच पुगेको सहकारी क्षेत्रले आफ्ना सदस्यहरुको आर्थिक विकास र सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्, तर सहकारीले आफ्ना सदस्य र समुदायमा गरेको योगदानको सकारात्मक पक्ष ओझेलमा परेको उनीहरुको गुनासो छ ।

कोअपरेटिभ म्यानेजर्स क्लव कास्कीको संयोजन र आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङद्वारा सञ्चालित आदर्श सञ्चार डटकमको आयोजनामा बिहीवार पोखरामा आयोजित सहकारी र सञ्चार विषयक छलफल कार्यक्रमका सहभागीहरुले सहकारीका सकारात्मक योगदानका बारेमा सञ्चारमाध्यमको ध्यान पुग्न नसकेको बताएका हुन् ।

देशभर २९ हजार भन्दा बढी सहकारी क्रियाशिल छन, ति मध्ये केही सहकारीले गरेका कमजोरीको विषय जसरी सञ्चारमाध्यमको प्राथमिकतामा पर्छ, धेरै सहकारीले गरेका राम्रा काम प्राथमिकतामा परेनन् भन्दै सहकारीकर्मीहरुले सकारात्मक र नकरात्मक विषय सबै प्राथमिकतामा पर्नु पर्नेमा जोड दिएका छन् ।

नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन) का पूर्व सञ्चालक तथा पोखरा रोयल सहकारीका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङले सञ्चारमाध्यमहरुले सहकारीका कमजोरीहरु देखाएर सुधारका लागि दवाव सिर्जना गरेका छन् यो राम्रो विषय हो, योसंगै सहकारीमार्फत भएका सकारात्मक विषयहरुको खोज अनुसन्धान गरेर उत्प्रेरणा प्रदान गर्न सके सहकारीको योगदान थप बढ्न र समाज रुपान्तरणमा सहयोग पुग्ने बताउनुभयो ।

सहकारीले सदस्य र समुदायमा पु¥याएको सकारात्मक योगदानका विषयमा अनुसन्धान गर्ने, सहकारीका कानुन पालना, व्यवस्थापकीय क्षमता अभिवृद्धि, नेतृत्व विकास लगायतका विषयमा सञ्चारमाध्यमको ध्यान पु¥याउनका लागि सहकारी र सञ्चारक्षेत्रबीच सहकार्य आवश्यक रहेको गुरुङको भनाई थियो ।

कोअपरेटिभ म्यानेजर्स क्लव कास्कीका अध्यक्ष अपिल कोइरालाले औपचारिक भन्दा पनि खोजमुलक समाचार सामग्री बनाउन सञ्चारमाध्यमहरुलाई आग्रह गर्दै त्यसका लागि समन्वय गर्न सहकारीकर्मीहरु तयार रहेको बताउनुभयो ।

सहकारीमार्फत धेरै राम्रा काम भएका छन्, सहकारीले राम्रो ग¥यो भन्ने पनि कोही चाहिदो रहेछ, कोइरालाले भन्नुभयो–‘सहकारीले समुदायमा गरेको योगदान लगायत सहकारीलाई व्यवस्थित गराउन पनि सञ्चारमाध्यम र सहकारीबीचको सहकार्य आवश्यक देखियो ।’

ताण्डवन्यूज टड.कमका अध्यक्ष तथा जिल्ला सहकारी संघ कास्कीका लेखा समिति सदस्य रमण पौडेलले सहकारीले आफ्ना सदस्यको वित्तीय तथा गैरवित्तीय विकासमा योगदान गर्नुका साथै सामाजिक जिम्मेवारी समेत बहन गरेका छन्, सञ्चारमाध्यम र सहकारीबीच समन्वय गरेर यो क्षेत्रलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो ।

जिल्ला सहकारी संघ कास्कीका वरिष्ठ प्रवन्धक भोजराज घिमिरेले सहकारीहरुले उत्पादनमुलक क्षेत्रलाई प्राथमिकता दिनु पर्नेमा जोड दिदै सहकारीको प्रवद्र्धन र विकासका लागि पनि सञ्चार क्षेत्रसंगको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

कोअपरेटिभ म्यानजेर्स क्लव कास्कीका संस्थापक अध्यक्ष तथा पोखरा रोयल सहकारी संस्थाका मुख्य प्रवन्धक मिलन ढकालले मुलुकको आर्थिक विकासको महत्वपूर्ण क्षेत्र सहकारीका विषयलाई सञ्चारमाध्यममा बढी भन्दा बढी ल्याउनका लागि सहकारीकर्मीहरुले कलम चलाउन आवश्यक रहेको बताउनुभयो । राष्ट्रिय सहकारी बैंक पोखरा शाखाका प्रमुख नरेश पाण्डेले सहकारीले सदस्यको जीवन परिवर्तनमा खेलेको भूमिका लगायत खोजमुलक समाचारका लागि सञ्चारक्षेत्र र सहकारीबीच समन्वय हुनु पर्नेमा जोड दिनुभयो

गन्थन डटकमका सम्पादक कलम सुवेदीले सञ्चारमाध्यमको विशेषता नै आलोचनात्मक हुने भएकाले कमजोरी देखाइदियो भनेर चित्त दुखाउन नहुने बताउनु भयो । उहाँले सकारात्मक विषयलाई पनि प्राथमिकता दिनु पर्नेमा जोड दिनुभयो ।कोन सामुदायिक साकोसका कर्जा विभाग प्रमुख रविन्द्रराज पौडेलले कास्की सहकारीको प्रभावकारी क्षेत्र भएकाले संस्थागत रुपमा सञ्चारमाध्यमसंगको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा आदर्श सञ्चार सहकारी संस्थाका सम्पादक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले संस्थाको समसामयिक अवस्था, आदर्श सञ्चारडटकमले आफ्नो भूमिकालाई फराकिलो बनाउन थालेको प्रयास, सहकारीका क्षेत्रमा देखिएका समस्याहरुको समाधान गर्दै सहकारी क्षेत्रको भूमिका थप प्रभावकारी बनाउन सहकारी र सञ्चारमाध्यमबीच गर्न सकिने समन्वय र सहकार्यका विषयमा जानकारी गराउनु भएको थियो । कार्यक्रम आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) को अध्यक्षता, उपाध्यक्ष अनन्त बहादुर खड्काको स्वागत र सम्पादक जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

धौलागिरी क्षेत्रको पहिलो सञ्चार सहकारी संस्थाका रुपमा स्थापित भई सञ्चारमाध्यमको संस्थागत विकासमा विगत डेढ दशकदेखि क्रियाशिल आदर्श सञ्चार सहकारी संस्थाले आफ्नो पछिल्लो सञ्चारमाध्यम आदर्शसञ्चार डटकमलाई गण्डकी प्रदेशको राजधानी पोखरा र संघीय राजधानी काठमाडौं केन्द्रीत बनाउने योजना बनाएको संस्थाका प्रवन्धक दिपकराज सापकोटाले बताउनुभयो ।

संस्थाले विगत १५ वर्षदेखि धौलागिरी जागरण दैनिक, १० वर्षदेखि अग्रसर साप्ताहिक, ८ वर्षदेखि धौलागिरी टेलिभिजनमा सहकार्य गर्नुका साथै २ वर्षदेखि आदर्शसञ्चार डटकम सञ्चालन गर्दै आएको छ । ३ हजार शेयर सदस्य, साढे ५ करोड शेयर रकम, ३२ करोड बचत, ३७ करोड कर्जा लगानी रहेको आदर्श सञ्चार सहकारीको कुल सम्पत्ती ४५ करोड रहेको छ । संस्थाले २०८० सालको असार मसान्तसम्म ५ हजार भन्दा बढी शेयर सदस्य, १० करोड शेयर पूँजी, ७५ करोड वचत, ८० करोड कर्जा लगानी र १ अर्ब ८ करोड कुल सम्पत्ती पु¥याउने लक्ष्य लिएको प्रवन्धक सापकोटाले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *