चौथो एन सी सी दिवस सम्पन्न

आदर्श अनलाइन, बागलुङ
जातीय विभेद अन्त्य गरौं भन्ने सन्देश प्रवाह गर्ने नाटक प्रदर्शन गरेर चौथो एन सी सी दिवस मनाईएको छ ।

नेपाल राष्ट्रसेवा दलद्वारा विद्यार्थीलाई शैक्षिक तथा शारिरीक रुपमा अब्बल बनाउनको लागि तालीम प्रदान गर्न गठि एन सी सी एलुम्नाई एसोसिएनको चौथो एन.सी.सी दिवसको अवसरमा अमर माध्यामिक विद्यालय विहुँमा जातीय विभेद विरुद्धको नाटक प्रदर्शन गर्नुका साथै ¥यालि निकालेर मनाईएको हो ।

दिवसको अवसरमा यौन हिंसा सधैका लागि अन्त्य गरौ, सभ्य समाज निर्माण गरौ, जातीय विभेद अन्त्य गरौँ, सामाजिक सद्भाव कायम गरौँ, सभ्य र सु–सँस्कृत समाज निमार्ण गरौ जस्ता नारा लाएर विद्यार्थीले ¥याली निकालेका थिए ।

राष्ट्रसेवा दलले जिल्लाका विभिन्न विद्यालयमा अध्यनरत विद्यार्थीहरुको विचमा जुनियर र सिनियर गरि तालीम सञ्चालन गर्दै आएको छ । सोही तालीममा सहभाग विद्यार्थीलाई संगठित गरेर एन सी सी एलुम्नाई एसोसिएन बागलुङमा गठन गरिएको थियो ।

दिवस एन सी सी एलुम्नाई एसोसिएन बागलुङका निर्देशक एवम् अमर माध्यामिक विद्यालयका छात्रा राधा कुमारी विकको सक्रियतामा सञ्चालन गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *