शिक्षक हित सहकारीको दशौं साधारण सभा सम्पन्न

आदर्श अनलाइन, बागलुङ
जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दीपक गौतमले सहकारी सस्थासँग नाम जोडिदा गौरव गर्न सक्ने अवस्था हुने गरि सदस्य र सहकारी काम गर्नुपर्ने बताउनुभएको छ ।

शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङको दशौं वार्षिक साधारण सभाको अवसरमा बोल्दै उहाँले यस्तो बताउनुभएको छ ।

गौतमले वौद्धिक जमातले सञ्चालन गरेको सहकारी संस्थाले आफ्नो र संस्थाको मात्रै नभएर समाजको समेत भलो हुने काम गर्नुपर्ने बताउनुभएको थियो । शिक्षक हित बचत तथा ऋण सहकारी संस्था जिल्लामा खोलिनुको उद्देश्य शिक्षकका समस्या समधान, उनिहरुको शिप, क्षमता र जाँगरलाई एकिकृत गरेर विद्यार्थी, अभिभावक र समाजलाई समुन्नत बनाउनु भएको भन्दै उहाँले सहकारीलाई उद्देश्य अनुरुप सञ्चालन गर्न सबै शिक्षक एकजुट हुनुपर्ने बताउनुभएको थियो ।

गौतमले जुनसुकै संघ संगठनमा आवद्ध शिक्षकले पनि अपनत्व महशुष गर्ने गरि सहकारीले काम गर्नुपर्ने उहाँको भनाई थियो । गौतमले सहकारीले सञ्चालन गरि रहेको नमुना अफसेट प्रेसबाट सबै शिक्षक र शैक्षिक संघ संस्थाले काम गर्नुपर्ने बताउनुभयो ।

साधारण सभामा नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व केन्द्रीय सदस्य टिकाराम सापकोटा, नेपाल राष्ट्रिय शिक्षक संगठन बागलुङका अध्यक्ष गोविन्द बहादुर भण्डारी, नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेश उपाध्यक्ष गंगा कुमारी शर्मा, शिक्षक संघ बागलुङका नगर अध्यक्ष कुमार प्रसाद उपाध्याय र एकिकृत अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका सल्लाहकार शान्तमणी ढकालले बोल्नुभएको थियो ।

साधारण सभामा उत्कृष्ट कारोबार कर्ता शेयर सदस्य मधुसुदन रेग्मी र संगिता जिसीलाई सम्मान गरिएको थियो । तेसैगरी उत्कृष्ट कर्मचारी शिव गिरीलाई सम्मान गरिएको थियो ।

साधारण सभाले सचिव होमनाथ गौतमले प्रस्तुत गर्नुभएको प्रगती प्रतिवेदन र सह–सचिव शान्ती भण्डारीले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन पारित गरेको छ ।

४ सय ५९ जना शेयर सदस्य रहेको संस्थामा ९५ लाख ३ हजार ५ सय शेयर पूँजी, १ करोड ९७ लाख, ६७ हजार ६ सय ८१ रुपैयाँ निक्षेप र १ करोड २६ लाख ८१ हजार ५ सय ९३ रुपैयाँ कजौ लगानी रहेको संस्थाका सचिव होमनाथ गौतमले जानकारी दिनुभयो ।

साधारण सभा अध्यक्ष दिनेश अधिकारीको अध्यक्षता, संस्थाका उपाध्यक्ष महेन्द्र बहादुर कार्कीको स्वागत तथा सचिव होमनाथ गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *