कांग्रेस नवनिर्वाचित कार्यसमिति पदाधिकारी तथा सदस्यले पाए प्रमणपत्र

आदर्श अनलाइन, काठमाडौं
कांग्रेसको १४औँ माहाधिवेशनबाट निर्वाचित कार्यसमिति पदाधिकारी तथा सदस्यले प्रमाण पाएका छन् । कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा शनिबार बिहान आयोजित कार्यक्रमबीच केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले प्रमाणपत्र प्रदान गरेका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवासहित पदाधिकारी र केन्द्रीय सदस्यले प्रमाणपत्र लिएका छन् ।

२४–२७ मंसीरमा काठमाडौंमा सम्पन्न कांग्रेस महाधिवेशनबाट पदाधिकारीसहित १३४ केन्द्रीय सदस्य निर्वाचित भएका छन् । कांग्रेसको नवनिर्वाचत केन्द्रीय कार्यसमितिको पहिलो बैठक आजै बस्न लागेको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *