गाउँ फर्केर बोयर बाख्रा पालनमा जैदीका राना

साधना पन्त, बागलुङ
बिदेश जाने पैसा कमाउने र आफु र परिवालाई खुशी र सुखी वातवरणमा पालन पोषण गर्र्ने सपना बोकेर नेपालीहरु बिदेशी भुमी जाने गर्दाछ । कतिपयलाई भने जस्तै हुन्छ, त कतिपयलाई गएको ऋण समेत नतिरी स्वदेश फर्कीन्छन् ।

यही बैदेशिक मोहको पछि लाग्दा जैमिनी नगरपालिका वडा नम्वर–७ जैदीका कुशल राना कतार गएका थिए तर २ वर्ष पनि विदेशमा बिताउन सक्नुभएन । राना १० वर्ष पछि गाउँ फर्केर बोयर पालनमा लाग्नुभएको छ । राना १२ कक्षा पास गरेका राना नेपाल फर्की म्याग्दीको हाइड्रोमा ल्याब टेक्नीसियनको जागीर ४ वर्ष गर्नुभयोे । रानाले अरुको काम गर्दा मनमा कहिलै सन्तुष्टी नमिलेपछि आफ्नै पौरख शुरु गर्नुृभएको छ ।

गाउँ छोडी शहर पसेका रानालाई पुनःगाउँ फर्किनका लागि मनमा खुलदुली उठ्यो । श्रीमती माया राना र २ छोरालाई काठमाण्डौ छोडेर गाउँ आई राना कृषि तथा पशुपालन फाम दर्ता गरी बोयर पालनमा लागेको राना बताउनुहुन्छ ।

“निकै व्यस्त छु हिजो आज, बिहानै उठेर बाख्राको स्याहार सुसारमा लग्छु दैनिकी यसरीनै बितेको छ” रानाले भन्नुभयो । ३७ वर्षीया राना विदेशबाट फर्केर १० लाख लगानी गरी बोहोरा गाउँमा १७ वटा बोयर बाख्रा पालन सुरु गर्नुभएको छ । २ वर्ष कतार र ४ वर्ष हाइड्रोमा काम गरेका रानाले आफ्नै घरमा केही गर्ने सोच पलाएर घर फर्कीएको राना बताउनुहुन्छ ।

राना भन्नुहुन्छ “१७ वटा बोयर बाख्रा रायडाँडाबाट खरिद गरी पालेको छु, बाख्रा पालन गरी नेपलामै रहेर केही गर्ने योजना रहेकाले थप व्यवस्थापन गर्ने तयारीमा छु ।” १ वटा बोयर बोकालाई ३ लाख सम्म पर्ने भएकाले बोयर बाख्रा पालन गर्दा राम्रो हुने राना बताउनुहुन्छ । व्यावसायीक रुपमा बाख्रा पालन गर्न चाहाने मानिसले बोयर बाख्रा पालन गर्दा राम्रो हुने रानाको भनाई छ । बोयर प्रजातीको बाख्रा अफ्रिकाबाट आएको हुँदा यसको नेपालमा राम्रो बजार रहेको रानाको भनाई छ ।

बोयर बोकाको मासुमा बोसो कम हुने र यो बाख्रा बोका पाल्दापनि राम्रो मासु पर्ने हुदाँ यसको मासु सवैले मनपराउने राना बताउनुहुन्छ । २५ रोपनी जग्गामा घास रोपेको भन्दै गाउँमा बाख्रा चरनको लागि प्रसस्त ठाउँ भएका कारण अहिले सम्म बाख्राको लागी घाँसको अभाव नरहेको राना बताउनुहुन्छ । बोयरका पाठा, पाठीलाई बिक्री गर्दापनि राम्रो आम्दानी हुने रानाको भनाई छ । आफु संग ७० केजीको बोका भएको राना बताउनुहुन्छ । बोयरका ५० प्रतिशत बोयर बाख्राको ब्रिड भएको पाठा पाठीलाई १ केजीको १ हजार, ७५ प्रतिशत भएकोलाई १५ सय र ९३ प्रतिशतलाई २५ हजारमा बिक्री गर्न सकिने राना बताउनुहुन्छ ।

बोयरको बजार अहिले गाउँमा पनि राम्रो छ । पछि पछि थप गरेर बागलुङ बजार, पर्वत, म्याग्दी लग्ने योजना रहेको राना बताउन्हुन्छ । आगामी दिनमा ५० वटा बोयरको माउ बाख्रा पाल्ने र एक सयको हाराहारीमा बाख्रा बनाउने योजना रहेको रानाले जानकारी दिनुभयो । बाख्रा पालनका लागि चाहिने सिपहरु कृषि ज्ञान केन्द्रबाट समय समयमा लिएको भन्दै आगामी दिनमा थप व्यवस्थापन गरी बोख्रा पालन गर्ने राना बताउनुहुन्छ । राना भन्नुहुन्छ “अहिले आफुसंग बोयर र गाउँको लोकल बाख्रा मात्र रहेका छन् आगमी दिनमा सुनखरी बाख्रापनि पाल्ने योजना रहेको बताउनुभयो ।” ं

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *