मुस्ताङमा चिनिया चलखेल:सोलार मर्मत भन्दै सुरक्षाकर्मी आउँछन्

उत्तरी कोरलानाकामा अवस्थित चिनियाँ सुरक्षाकर्मीका गाडी । तस्बिर :  छेवाङ लोहा

एसके थकाली, मुस्ताङ

३ वर्षअघि चिनियाँ सरकारको आर्थिक सहयोगमा लोमान्थाङ बजारका लागि उपलब्ध १७ किलोवाटका सौर्य उर्जा सोलार बत्ती सञ्‍चालनमा छन् । सोही सौर्य उर्जा बत्तीको प्राविधिक मर्मत भन्दै कोरलानाकास्थित चिनियाँ सुरक्षाकर्मी बर्सेनि दर्जनौं पटक लोमान्थाङ आउने बाटो बनेको छ ।

चिनियाँ सुरक्षा अधिकारीले कुनैपनि बखत लोमान्थाङस्थित नेचुङ प्रहरी चौकीको १ जना सुरक्षाकर्मी साथमा लिएर नाकातर्फको दक्षिण ३५ किलोमिटर वरसम्म आउँछन् । नेपाल सरकारले उत्तरतर्फ चीनसँग सीमा जोडिएका जिल्लामा नेपाली सीमा प्रशासनको समन्वयमा ३५ किलोमिटर दूरीसम्म आउन पाउने प्रावधान भएको लोमान्थाङ इलाका प्रशासन कार्यालयका प्रमुख मुरारी निरौलाले जानकारी दिए । 

यसरी नेपाल प्रवेश गर्दा यथेस्ट उद्देश्य खुल्नु पर्दछ। तर, चिनियाँ सुरक्षाकर्मी नेपालपक्षसँग कुनै खास काम नभएका बेला पनि सोलार मर्मत गर्ने बहानामा लोमान्थाङसम्म आउने गरेको जनाइएको छ ।

सरकारले उत्तरी कोरलानाका संञ्चालन गर्ने उद्देश्यले सडक विस्तार गरिरहेको छ । सीमा नाकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट बिओपि समेत छैन । छासेमा ५ जना सुरक्षाकर्मी खटिएको प्रहरी चौकी छ । बिओपि नभएकै कारण पनि चिनियाँ पक्षका सुरक्षाकर्मी आउजाउ गर्न सजिलो भएको हो ।

लोमान्थाङ निवासी छेवाङ लोहाले चिनियाँ गाडी नम्बर प्लेट छोपेर लोमान्थाङसम्म आउने गरेको फेसबुकमा लेखेका छन् । उनले नम्बर प्लेट छोपिएको गाडीको केही फोटो समेत पोष्ट गरेका छन् । उनी भन्छन्,’ उपल्लो मुस्ताङ सरकारको निषेधित तथा नियन्त्रित क्षेत्र भएको र प्रवेश गर्दा विदेशीले ५ सय डलर बुझाउनुपर्ने र उत्तरी नाकाबाट शुल्क नलाग्ने नियम विभेद भएको उल्लेख गरेका छन्।

सरकारले भारतसँग सीमा जोडिएका जिल्लामा भारतीयलाई बोर्डर अनुमति लागू गरेको छैन । हिमालपारीको जिल्ला विदेशी राष्ट्रहरुको कूटनीतिक अभ्यास गर्ने थलोको रुपमा विकास भइरहेको छ । एक दशकअघि अमेरिकी हिमालयन फाउन्डेसनले लोमान्थाङमा २९ किलोवाट क्षमताको माइक्रो हाइड्रो संञ्चालनमा ल्याएको थियो ।

हाइड्रो संञ्चालनमा रहेकै बेला चिनियाँ सरकारले सौर्य उर्जा सोलार जडान गरेपछि उक्त माइक्रो हाइड्रो पावर बेवारिसे बनेको छ । 

मुस्ताङका ५ वटै स्थानीय तहमा अमेरिकी सहयोग नियोग र भारतीय राजदुताबासको सहयोगमा शैक्षिक संस्था,स्वास्थ्य र  पूर्वाधार विकासमा लगानी गरिरहेको पाइन्छ । अनुगमनका नाममा विदेशी कुटनीतिक नियोगका व्यक्तिहरु मुस्ताङको विभिन्न प्रकारको अध्ययन र उत्तरी नाकाको गतिविधिको जानकारी हाँसिल गर्ने गरेको पाइएको छ । 

कोरलानाकामा चीन सरकारले अत्याधुनिक क्षमताको सीसी क्यामेरा राखेको छ ।लोमान्थाङस्थित इलाका प्रशासन कार्यालयका प्रमुख मुरारी निरौलाले चिनियाँ सुरक्षाकर्मी समन्वय गरेर आउजाउ गर्ने गरेको जानकारी दिए ।’कोरला बोर्डरमा रहेका चिनियाँ सुरक्षाकर्मीसँग असाध्यै राम्रो पार्टनर सीपको सम्बन्ध छ । उनीहरु नेपाली पक्षसँग साझेदारी रुपमा काम गर्न चाहन्छन्,’उनले भने ।

उनका अनुसार नेपाली पक्ष चिनियाँ भूमि जानका लागि इलाका प्रशासनले अनुमति दिने र चिनियाँ पक्ष नेपाल आउँदा चिनियाँ पक्षकै अनुमति आवश्यक पर्ने निरौलाको भनाई छ । उपल्लो मुस्ताङका धार्मिक गुम्बा भारतीय सरकार र अमेरिकी संस्थाले बनाइ दिएको छ । चीनको स्वशासित क्षेत्र समेत तिब्बत भएकाले चीन विरोधी गतिविधि हुनसक्ने भन्दै चिनियाँ सुरक्षाकर्मीले कामको बहाना बनाएर लोमान्थाङ आउजाउ गर्ने गरेको पाइएको हो ।

इलाका प्रशासन प्रमुख निरौलाले चिनियाँ पक्षहरु सोलार मर्मत ,नेपाली उत्पादन खरिद ,प्रशासनिक काम र कुटनीतिक अध्ययन गर्न आउने गरेको बताए । चिनियाँपक्षका सुरक्षाकर्मी जुनसुकै अवस्थामा कामको बहाना बनाएर नेपाल प्रवेश गरेपनि नेपाली पक्षलाई व्यापार मेलाबाहेक अन्य समय कुनै पनि अवस्थामा प्रवेश पाउने अवस्था छैन ।

सरकारले चीनपक्षलाई खुला बोर्डर स्वीकृत नगरेको र दक्षिण हुँदै आएको खण्डमा भिसाको आवश्यकता पर्दछ । उपल्लो मुस्ताङका लोमान्थाङ बजार कोरलानाकादेखि दक्षिण २५ किलोमिटर वर पर्दछ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *