जयलक्ष्मी साकोसको छैठौं साधारण सभा

साधना पन्त, पोखरा
जयलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको छैठौं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।

साधारण सभामा बोल्दै राष्ट्रिय सहकारी बैंक पोखरा शाखाका प्रमुख नरेशराज पाण्डेले सहकारी सञ्चालन गर्दा सहकारी ऐन र नियमावलीमा उल्लेख भएका विषयहरुको पालना गरेर सञ्चालन गर्नु पर्ने बताउनुभयो । उहाँले सहकारीका मालिक संस्थाका शेयर सदस्य भएको भन्दै शेयर सदस्यलाई उत्पादन र व्यवसायीकमा जोडेर आर्थिक रुपमा सवल बनाउनका लागी सहकारीले महत्वपुण भुमिका निर्वाह गर्नुपर्ने बताउनु भयो । सहकारीलाई स्थापित गर्नका लागी दिर्घाकालीन बचतको योजना बनाई अगाडी बढ्न पाण्डेले सुझाब दिनुभयो ।

साधारण सभामा नेफ्स्कुन पोखराका इन्चार्ज यमकला सुवेदी, सिएमसी कास्कीका अध्यक्ष अपिल कोइराला, सहकारी अध्यक्ष समाजका अध्यक्ष डिल्लीराम बराल, शेयर सदस्यको तर्फबाट छवी सुवेदी, हिमाल साकेसका प्रवन्धक दर्गादत्त आचार्य, जय गणेश साकोसका अध्यक्ष सविन जिसीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

साधारण सभामा प्रगति प्रतिवेदन संस्थाका अध्यक्ष निलराज आत्रेयले र लेखा प्रतिवेदन लेखा समितिका संयोजक संगिता अधिकारीले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष निलराज आत्रेयको अध्यक्षयता, उपाध्यक्ष यादव प्रसाद अधिकारीको स्वागत, संस्थाका सचिव शिवलाल उपाध्यायको संचालनमा सम्पन्न भएको थियो ।

संस्थामा आर्थिक वर्ष २०७७ /०७८ को अन्त्यसम्म शेयर पूँजि ९ करोड ९२ लाख २५ हजार, वचत १६ करोड २८ लाख ६२ हजार ९ सय ६७, कर्जा लगानी २५ करोड ६० लाख ७ हजार र कुल सम्पत्ती ३८ करोड १७ लाख ६४ हजार रुपैया रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत सुशिल केसीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *