संघीयतामाथिका प्रश्न : विकास र सुशासनको अवस्था

सरोजराज पन्त
सुन्दा अति तितो लाग्ने तर जन आवाज कता कता सत्य–तथ्य रुपमा होकी जस्तै लाग्ने गरेको छ । यो अनौठो जनआवाज बषौ लडेर ल्याएको अहिलेको शासनको स्वरुप संघीयता अभिसाप हो भन्न थालिएको छ । संघीयताको कुरा गर्ने बित्तिकै आमजनताहरुलाई एलर्जी हुन थालेको समेत पाइन्छ । नेता कुन देशका पक्षधर हुन् भनेर चिन्न पनि गाह्रो हुँदा अरुले गरेका राम्रा कामलाई राम्रा भन्न नसक्ने मानसिकता बोकेका नेता तथा कार्यकर्ताहरुका कारण देशमा पटक–पटक द्वन्द्व निम्त्याइरहेको छ ।

सभ्य, समतामुलक र न्यायपूर्ण समाज निर्माणको आधार हो । सरकारले देखेको समृद्ध नेपाल र खुसी नेपालीको सपना साकार गर्न सुशासन र सदाचार अपरिहार्य साधन हो । त्यसैले, सुशासन र सदाचारलाई समृद्धि, दिगो शान्ति र विकासको लागि प्रस्थान बिन्दु मानेर अघि बढ्नु पर्दछ र अन्ततः स्थापित सुशासित व्यवस्थामा पुगिनेछ । यस्तो समृद्धि हासिल गर्नका लागि अन्य पूर्व सर्तहरूका अलवा सुशासन र सदाचार अनिवार्य सर्त हो । कुनै एक समूहप्रति शक्तिको प्रयोग गर्नु र निर्णय क्षमताको प्रदर्शन गर्नु नै शासन गर्नु हो । शासन गर्ने व्यक्तिले विभिन्न माध्यमबाट त्यो अधिकार ग्रहण गरेको हुन्छ । तर आज संघीयताको नाममा बाइसे–चौबीसे राज्यजस्तै बनाई प्राकृतिक सम्पदाहरुलाई खण्डित बनाएको र वैज्ञानिक ढंगबाट बनाइएको पुरानो पाँच क्षेत्रीय संरचनालाई प्रदेश बनाएर धवस्त बनाएर हिमाल, पहाड, तराई, जातजाति, भाषाभाषी र संस्कृति भएको सुन्दर मुलुकलाई अन्याय पारेको छ भन्ने गुनासो पनि छ । संभीयता नभएर देशको विकास नभएको भन्नेहरु नै अहिले यसको बिपक्षका उत्रिएका पनि छन । हिजका सुकुम्बासी नेता आज जमिन्दार बन्नेहरु अहिले त्यत्तिकै सक्रिय छन् ।विकासका नाममा बजेट झ्वाम पार्न सक्रिय छन् ।

लोकतान्त्रिक शासन व्यवस्थाको मेरुदण्ड सुशासन बिना कुनै पनि देशको आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक विकासका लक्ष्यहरू हासिल गर्न सकिँदैन । नेपालको संविधानले प्रधान रुपमा राखेको आकांक्षाहरू दिगो शान्ति, विकास, समृद्धि र सुशासन हो । यी चार आकांक्षामध्ये दिगो शान्ति, विकास र समृद्धि हासिल गर्न सुशासन र सदाचार बिना सम्भव देखिदैन । सुशासन साधन र साध्य दुबै हो । बेलायत, जापान, भुटान, बेल्जियम, ब्रुनाईजस्ता विकसित देशहरुमा राजारानीलाई साथमा लिएरै संघीयता चलाइरहेको देखिन्छ । संघीयता लागू भएपछि पनि कतिपय पूर्वकालमा भएको विकासलाई आत्मसात् गरिएको छ । हाम्रो मुलकमा पनि पाँच विकास क्षेत्रका विवादरहित नामलाई आत्मसात् गरी प्रदेश किन बनाइयो अहिले यो सबै परिवर्तन हुनु हाम्रो मानसिकताको दुर्बलता हो भन्दै पछुतो मानेका पनि छन । संघीयतामाथि विभिन्न टीकाटिप्पणी आइरहेको सन्दर्भमा हजारौँ वर्षदेखि नेपाल भनेर चिनिने मुलुकको जगेर्ना गर्नमा हामी सबैको ध्यान जान जरुरी छ । बेलायत, जापान जस्ता मुलुकले संघीयतामार्फत देशको विकास गरिरहेका छन् । सभ्यता, नैतिकता र अनुशासनको पाठ नसिकेसम्म संभीयता सार्थक बन्न सक्दैन । सुशासन भनेको सरकारको दृष्टिकोण हो, जुन राज्यमा न्याय र शान्ति स्थापित गर्न निर्माण भएको हुन्छ ।

सुशासनले व्यक्तिको मानव अधिकार र स्वतन्त्रताको रक्षा गर्दछ । सदाचार भनेको असल चाल, चलन, र व्यवहारमा बस्नु हो । संयुक्त राष्ट्रका अनुसार सुशासनलाई सहभागिता, कानूनको शासन, पारदर्शिता, जवाफदेहीता, सहमति अभिमुखीकरण, समानता र समावेशीकरण, प्रभावकारिता र दक्षता, र उत्तरदायित्वका आठ कारकहरूले मापन गर्छन् । शासनको अवधारणालाई विभिन्न व्यक्तिहरूले धेरै तरिकाले बुझ्दछन । सुशासन आदर्श समाजको परिकल्पना हो, जसमा सर्वसाधारणको इच्छा र आकांक्षाको सही प्रतिनिधित्व हुन्छ । सुशासन अनुसार हरेक राष्ट्र विकास निर्माणको खाका कोरिन्छ र यसलाई सफलताका साथ कार्यान्वयन गरिन्छ । सबैभन्दा राम्रो शासन नै सुशासन हो । विकसित राष्ट्र, विकासशिल राष्ट्र, विकासोन्मुख राष्ट्र तथा अल्पविकसित राष्ट्रमा सुशासनको अर्थ फरक फरक हुन्छ ।

नेपालको सबैभन्दा ठूलो समस्या भनेको नेपाललाई विदेशीको खेलाउन बनेको छ । यसले गर्दा नेपाल र नेपालीको स्वतन्त्रता, अखण्डता, विकासमा गहिरो असर पारेको छ । नेपालको वर्तमान शासन प्रणाली र नेपालीले भोग्दै आएको राजनीतिक, सामाजिक, आर्थिक र मानवीय समस्याहरु हुनुले सुशासन र सदाचारमा कमि भएको छ । सामाजिक समावेशीकरण, गुणवत्ता व्यवस्थापन, पारदर्शिता, जवाफदेहीता, नवीनता, आर्थिक अवसरहरु, प्रशासनिक पूर्वाधार, सुशासन, सदाचार, शिक्षा आदि राष्ट्र निर्माणका आधारहरु हुन् । सुशासनको अवधारणा मानव सभ्यता जत्तिकै पुरानो छ । शासन भनेको निर्णय लिने प्रक्रिया हो । मुलुकमा सुशासन कायम गर्न विधिको शासन, भ्रष्टाचारमुक्त समाज, आर्थिक अनुशासन, दण्डहीनताको अन्त्य, मानव अधिकारप्रतिको सम्मान, जनउत्तरदायी सरकार, आदि आवश्यक कुराहरु हुन । यो बहुआयामिक मान्यता र प्रक्रिया हो । सुशासनमा सामाजिक न्याय, सार्वजनिक स्रोतको दिगो उपयोग र व्यवस्थापन गरिन्छ । सामाजिक मर्यादा र कानुन अनुकूलको चरित्र नै सदाचार हो । सदाचारको मापन देश, काल, परिस्थिति, समाज, धर्म, र सांस्कृतिक मूल्य मान्यतामा निर्भर हुन्छ । आफूलाई तोकिएको काम इमान्दारी र निष्ठावान साथ गर्नु नै सदाचार हो । सत्य कर्म, सत्य वचन, असल रहनसहन, स्वस्थ खानपान, सहनशीलता सदाचारका गुणहरु हुन । अब सबैले व्यक्तिगत लाभ त्यागेर सार्वजनिक सेवासँग जोड्न अति आवश्यक छ ।

अहिले देशमा गुञ्जिरहेको राजनीतिक समस्यालाई सुधार्ने वा यसलाई मिलाएर राजनीतिलाई फरक किसिमले अगाडी बढाउनको लागि शिक्षित युवाको महत्व बढि हुन्छ । युवाले नयाँ–नयाँ खोज र सकारात्मक सोच गरी नयाँ किसिमले अगाडी बढ्नु आजको आवश्यकता हो । राष्ट्र निर्माणको मूल यात्रा युवाबाट सदाचारको पालना गरेर चलाउनु पर्दछ । असल नेता, युवा शक्तिको प्रयोग गरी देश निर्माण गर्नु उज्ज्वल भविष्यको सुनिश्चित गरेमा विकासको लागि मात्र नभई देशलाई सुधार्न सकिन्छ । शिक्षित युवा, सदाचार र सुशासनबाट नेपालीहरुको विकासका सपना समृद्धिको बाटो पहिलाउन सकिन्छ । देशमा संघीय व्यवस्था आएपनि अथाह स्रोतसाधन हुँदाहुँदै पनि देश र जनताको समृद्धिको सपना पूरा हुन सकेका छैन । युवाका जोश, जाँगर, उत्साह, सिर्जनशिलता, सोच र विचारको कदर हुन सके मात्र हामीले परिकल्पना गरेको सम्बृद्ध राष्ट्र निर्माण हुन्छ भन्ने विषयमा नेता र सरकारको ध्यान जान सकेको छैन । संसार परिवर्तन गर्न चाहनेले सुरुवात पहिले आफैँबाट गर्नुपर्छ । नेपाललाई के दिन सक्छु भन्ने नविन सोच र चिन्तन गरी आफूले सक्ने कामबाट समाज परिवर्तन गर्न तर्फ सिर्जनशिल, लगनशील, कर्तव्यनिष्ट भएर अगाडि बढ्न नसक्दा यो व्यवस्था माथि अनेकौ प्रश्न उठेका छन ।

देशको मुहार फेर्न ल्याएको संघीयतामा विकास सुस्त र कछुवा गतिमा भएको छ । जनताका समस्याहरु दिन प्रतिदिन बढिरहेका छन् । धेरै मानिसहरु घरवारविहीन भएका छन् । बेरोजगारी समस्या बढ्दो छ । मानिसहरु रोग, भोक, शोकले मरिरहेका छन् । वितृष्णाको कारण आत्महत्या दर निकै बढिरहेको छ । मानिसहरुका सपनाहरु चकनाचुर भएकाले शहरदेखि गाउँसम्म मानसिक रोगी बन्ने क्रम तिव्र गतिमा बढेको छ । यसको अर्थ राष्ट्र निर्माणका लागि स्रोत र साधन मात्र भएर हुदैन, त्यसको लागि दुरदर्शी दिगो सरकार, लगनशीलता, निती नियमको पुर्ण कार्यान्वयन हुनु पर्दछ । त्यसैले राष्ट्र निर्माणको लागि एक साधन मात्र भएर हुदैँन्, सबै कुराको मिलाएर काम गर्नु पर्दछ । देश विकासको लागि तेरो र मेरो नभनि राष्ट्र निर्माणका लागि एकजुट भई लाग्नु पर्नेमा त्यो हुन सकेको छैन । केन्द्रदेखि स्थानीय सरकार जता हे¥यो उतै सरकार तर तालमेल नभएर काम हुदैन । यो कसरी जनताको सरकार हो यदि नागरिकका सास्तीले कति पनि पिरोल्दैन भने । जनताको नाम बेचेर प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको नाममा मपाईतन्त्र, ठालुतन्त्र, आफन्ततन्त्र, छाडातन्त्र भित्राए पछि कसरी जनताकालागि शासन हुन्छ, जनअपेक्षा पुरा हुन्छन र गणतन्त्र सस्थागत हुन्छ ?

नेताको अवसरवादी चरित्रका कारण आज राजनीति फोहोरी खेलको सज्ञा बन्न पुगेको छ । यसरी राजनीति प्रतिको साख र दृष्टिकोण नकरात्मक बन्दै गएमा जन धारणामा समेत नकरात्मक सोच आउने र नेता, राजनीतिज्ञ प्रति थप आक्रोस बढेको देखिन्छ । संघीय संरचनामा नेपाल अझै पनि विकासन्मुख देशको रुपमा रहनुले र यहाँ प्राकृतिक सौन्दर्य, स्रोत साधनको खानीको सदुपयोग गरी देशको विकास हुन नसक्नुले यो समस्या आएको पाइन्छ । सुशासन र सदाचारको कमिले गर्दा देखिएका यी समस्याको समाधान गर्न दिगो विकास हुन जरुरी छ । गणतन्त्रलाई सस्थागत गर्न सम्बद्ध दल, राजनीतिज्ञ, नेता, कार्यकर्ता तथा सचेत नागरिक समयमै चतुर बन्न आवश्यक देखिन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *