आदर्श अनलाइन, बागलुङ
अश्लील शिर्षक राखेर भिडियो बनाउने बागलुङको निसीखोलाका एक युट्युवर पक्राउ परेका छन् ।
अश्लील शीर्षक राखेर समाजमा अश्लीलता फैलाएको आरोपमा साथीभाइ अनलाइन टीभी नामक युट्युब च्यानलका सञ्चालक रामबहादुर मल्ललाई प्रहरीले पक्राउ गरेको हो ।
बागलुङको निसीखोला गाउँपालिका–१ पाखापानी घर भइ काठमाण्डौ अनामनगर बस्ने मल्ललाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको जानारी गराइएको छ । पक्राउ परेका मल्ललाई काठमाण्डौ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
उनले युट्युब च्यालनमार्फत अश्लीलता शीर्षकमा भिडिओ राखेर समाजमा अश्लीलता फैलाएको प्रहरीको आरोप छ ।
