सहकारी विकासमा सञ्चारको भूमिका प्रभावकारी बनाउनु पर्नेमा जोड

आदर्श अनलाइन, पोखरा

पोखराका सहकारीकर्मीहरुले सहकारीको विकास र प्रर्बद्धनमा सञ्चार क्षेत्रको भूमिका प्रभावकारी हुनु पर्नेमा जोड दिनु पर्ने बताएका छन् ।

आदर्श सञ्चार सहकारी संस्था बागलुङद्वारा सञ्चालित आदर्श सञ्चार डटकमको आयोजना तथा जिल्ला सहकारी संघ कास्कीको संयोजनमा पोखरामा सोमबार आयोजित सहकारी र सञ्चार विषयक अन्तरक्रिया कार्यक्रममा सहकारीका अगुवाहरुले सहकारीले धेरै सकरात्मक काम गरेको बताउदै यसको प्रचार प्रसारका लागि सञ्चारको भूमिका प्रभावकारी रहनु पर्ने बताएका हुन् ।

उनीहरुले सहकारीका समाचार प्राथमिकतामा नपरेको गुनासो समेत गरेका छन् । सहभागी सहकारीका अगुवाहरुले आदर्श सञ्चार डटकमसंग समन्वय गरेर पोखराका सहकारीहरुको प्रर्बद्धनमा लाग्न आग्रह गर्नुभयो ।

No description available.

अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारीले विषय अनुसार मुख्य काम अनिवार्य रुपमा गर्नुपर्ने बताउनुभयो । “सञ्चारले सहकारी क्षेत्रमा सकरात्मक नजर पु¥याउनु पर्ने छ” उप्रतीले भन्नुभयो “अविस्वास सृजना गर्ने गरी सूचना प्रचार प्रसार गर्नुहुँदैन, देशभरमा २९ हजार सहकारी रहकारी छन् १ सय ३२ सहकारी मात्रै खराब देखिएका छन् सबैलाई खराव सहकारीसंग सञ्चारले जाँच्नु हुँदैन ।”

No description available.

आदर्श सहकारीले पोखराका सहकारीको समेत प्रर्बद्धनमा लागेको छ । यसलाई सबैले सहयोग गर्न आवश्यक रहेको उप्रतीको भनाई छ । सञ्चार माध्यमको शिर्षक मात्रै हेरेर नभई समग्र समाचार पढेर टिप्पणी गर्नुपर्ने उहाँको जोड थियो । कार्यक्रममा सहकारी मार्फत सञ्चारको विकास, आदर्श सहकारीको काम, योजना र भूमिकाका विषयमा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा आदर्श सञ्चार सहकारी संस्थाका सम्पादक रामबहादुर जिसीले जानकारी गराउनुभएको थियो ।

No description available.

यस्तै राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईले सञ्चार माध्यम सञ्चालन गरेर अब्बल भएका सञ्चार सहकारीहरु सिमित रहेको बताउनुभयो । सहकारी क्षेत्रले सञ्चार क्षेत्रलाई विशेष ध्यान पु¥याउनुपर्ने बताउनुभयो । गुरागाईले सूचनालाई नकरात्मक भन्दा सकरात्मक रुपमा बढी प्रभाव गर्नुपर्ने भन्दै सञ्चार क्षेत्रलाई सकरात्मक परिचालन गर्नुपर्ने बताउनुभयो ।

No description available.

दुग्ध केन्द्रीय संघका लेखा सुपरीवेक्षक समितिका संयोजक युवराज पराजुली, नेफ्स्कुनका सञ्चालक कमलादेवी गिरी, जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्री कोइराला, संघका निवर्तमान अध्यक्ष रविरमण तिवारी, सप्तगण्डकी दुग्ध सहकारी संघका अध्यक्ष पुण्य प्रसाद पौडेल, पोखरा महानगर सहकारी समितिका अध्यक्ष तेज नारायण अधिकारी लगायतले सञ्चार र सहकारीको भूमिकाका विषयमा मन्तव्य राख्नुभएको थियो ।

No description available.

कार्यक्रममा जिल्ला सहकारी संघका कोषाध्यक्ष नवराज बराल, सराङ्कोट बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर थापा, जयलक्ष्मी सहकारीका अध्यक्ष निलराज आत्रेय, प्रमुख कार्यकारी अधिकृत सुसिल के.सी, काँहुकोट बहुउदेश्यीय सहकारी संस्थाका सचिव दिपक प्रकाश आचार्य, विराट कृषि सहकारी संस्थाका निर्वतमान अध्यक्ष रामजी लामिछाने, पोखरा महानगर सहकारी संघका लेखा संयोजक लक्ष्मी प्रसाद त्रिपाठी, जिल्ला वचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष शेर बहादुर कार्की, ले सहकारी सञ्चार क्षेत्रको भूमिकाका विषयमा जिज्ञासा राख्दै सहकारीका सकरात्मक कामको सञ्चार क्षेत्रले प्राथमिकता दिनुपर्ने बताएका थिए ।

No description available.

कार्यक्रम आदर्श सञ्चार सहकारीका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु)को अध्यक्षता, उपाध्यक्ष अनन्त बहादुर खड्काको स्वागतमा सम्पन्न भएको थियो । सञ्चार क्षेत्रमा क्रियाशिल रहेको आदर्श सञ्चार सहकारी संस्थाले धौलागिरी जागरण दैनिक, अग्रसर साप्ताहिक, आदर्श सञ्चार अनलाइन सञ्चालन गर्नुका साथै धौलागिरी टेलिभिजनमा सहकार्य गर्दै आएको छ । संस्थामा तीन हजार शेयर सदस्य, पाँच करोड ५० लाख शेयरपूँजी, ३३ करोड बचत, ३७ करोड कर्जा लगानी र ४५ करोड वासलात रहेको संस्थाका प्रबन्धक दिपकराज सापकोटाले जानकारी दिनुभयो ।

No description available.

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *