मन्त्री डोबाटेलाई साढे २ महिनापछि जिम्मेवारी दिने तयारी

आदर्श अनलाइन, पोखरा
गत असोज २५ गते गण्डकीमा मन्त्री नियुक्त भएका डोबाटे विश्वकर्मा साढे २ महिनासम्म नाम मात्रैको मन्त्री भए, काम केही पाएनन् । अब भने उनले जिम्मेवारी पाउने भएका छन् ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफू मातहत नै राखेको आन्तरिक मामिला मन्त्रालय बिकलाई दिने तयारी थालिएको छ ।

गण्डकी सरकारको सोमबारको क्याबिनेट बैठकले कार्यविभाजन नियमावली २०७४ संशोधन गरेर एउटा मन्त्रालय बढाउँदै मन्त्रालय संख्या १२ पु¥याएको छ । उनलाई आन्तरिक मामिला मन्त्रालय दिने गरी नियमावली संशोधन गरिएको बताइन्छ । बिकलाई नै मन्त्रालय दिन मन्त्रीपरिषद् बैठकले आन्तरिक मामिला मन्त्रालयको कार्यविधि पास गरेको छ ।

विना विभागीय मन्त्री बिक मुख्यमन्त्रीसँगै आज पर्वत पुगेका छन् । मन्त्रालयको जिम्मेवारी नपाएका कारण मन्त्री डोवाटे मुख्यमन्त्रीसँगै कार्यक्रममा पुग्ने गर्छन् । उनको कार्यकक्ष पनि मुख्यमन्त्री कार्यालयकै माथिल्लो तल्लामा रहेको सानो कोठामा व्यवस्था मिलाइएको छ । गण्डकीमा मन्त्रालय संख्या १२ पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *