एभिसी सेन्ट्रल जोन महिला भलिबलको फाइनलमा आज नेपाल र उज्वेकिस्तान भिड्दै

आदर्श अनलाइन, काठमाडौँ  
बंगलादेशमा जारी एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको फाइनलमा आज नेपालले उज्वेकिस्तानसँग खेल्दै छ । ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा नेपाल र उज्वेकिस्तानबीचको उपाधि भिडन्त बिहान ११ः१५ बजे सुरु हुनेछ ।

साविक विजेता नेपाल आज उज्वेकिस्तानलाई हराएर उपाधि जित्ने योजनामा रहेको छ । जारी प्रतियोगितामा नेपाल अपराजित रहेको छ । नेपाल अपराजित रहदै च्याम्पियन बन्ने दाउमा समेत रहेको छ । नेपाल शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो । उज्वेकिस्तान दोस्रो स्थानमा रहदै नेपालसँगको भेट पक्का गरेको हो ।

राउण्ड रोबिनको लिग खेलमा नेपालले उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा हराएको थियो । लिग चरणमा अपराजित रहेको नेपालले ५ खेलबाट १४ अंक जोड्यो । दोस्रो स्थानमा रहेको उज्वेकिस्तानले ११ अंक जोड्यो ।

यस्तै महिलातर्फको तेस्रो स्थानका लागि श्रीलंका र किर्गिस्तानले प्रतिस्पर्धा गर्ने छन् । पुरुषतर्फ नेपालले तेस्रो स्थानका लागि उज्वेकिस्तानसँग खेल्नेछ । नेपाल र उज्वेकिस्तानबीचको खेल अपरान्ह १ः१५ बजे सुरु हुनेछ । राउण्ड रोबिनको लिग चरणमा नेपालले उज्वेकिस्तानलाई ३–१ को सेटमा हराएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *