कृषिको प्रवद्र्धनमा सहकारीको नेतृत्वदायी भूमिका हुनुपर्छ : सापकोटा

आदर्श अनलाइ, बागलुङ
जिल्ला कृषि सहकारी संघ लिमिटेड बागलुङको नवौ साधारणसभा मंगलवार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटनपछि बोल्दै गण्डकी प्रदेशसभाका सदस्य इन्द्रलाल सापकोटाले कृषि क्षेत्रलाई प्रवद्र्धनका लागि सहकारी क्षेत्रको सक्रिय र नेतृत्वदायी भूमिका हुनु पर्नेमा जोड दिनुभएको छ ।

हाम्रो जस्तो मुलुकको आर्थिक विकासका लागि कृषि नै प्रमुख आधार हो, तर कृषि क्षेत्रलाई व्यवस्थि तगर्न नसकेका कारण कृषिमा आम समुदायका आकर्षण बढेन, प्रदेशसभा सदस्य सापकोटाले भन्नुभयो–कृषि पेशालाई आकर्षणको केन्द्र बनाउन राज्य, निजी क्षेत्र र सहकारी क्षेत्रबीच सहकार्य आवश्यक छ । कृषिमा परम्परा धान्ने प्रवृति विद्यमान रहेको भन्दै उहाँले कृषि क्षेत्रको व्यवसायिक र आधुनिकीकरणका लागि कृषि सहकारी संघमार्फत अभियान सञ्चालन गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जि.सी.(अञ्जु), राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसी, कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराई, बहुउद्देश्यीय सहकारी संघ बागलुङका अध्यक्ष दुर्गा बहादुर कुँवर, सर्कुवा साना किसान कृषि सहकारी संघका अध्यक्ष लिला थापा, गौमुखी कृषि सहकारी संस्था गलकोटका सचिव गुमानसिंह खत्री लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमा संघका अध्यक्ष नर बहादुर थापाले प्रगति तथा आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक आनन्द प्रसाद शर्माले लेखा समितिका प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम संघका अध्यक्ष नर बहादुर थापाको अध्यक्षता, सचिव गंगा बहादुर थापाको सञ्चालन र सञ्चालक लक्ष्मण पुनको स्वागतमा सम्पन्न भएको थियो ।

यसैबीच जिल्ला कृषि सहकारी संघ लिमिटेड बागलुङको २ दिने रणनीतिक योजना तर्जुमा तालिम मंगलवारदेखि नै शुरु भएको छ । राष्ट्रिय सहकारी महासंघको प्राविधिक सहयोगमा रणनीतिक योजना तालिम शुरु गरिएको हो ।

कार्यक्रमको शुभारम्भ राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जिसी (अञ्जु) ले सहकारीहरुलाई प्रभावकारी रुपमा सञ्चालनका लागि रणनीतिक योजनाको महत्वपूर्ण भूमिका हुने भएकाले योजना बनाउन र प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *